• असार १, २०७६
  • जुनकिरी खबर

१९ जना डिआइजीको सरुवा

alt

गृह मन्त्रालयले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश तथा अन्य विभिन्न स्थानमा डिआइजी फेरिएका हुन्।

सरुवा सूचीअनुसार एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली सरुवा भएका छन्। सूदुरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरुवा भएको छ।

अन्यथा नभए वर्तमान नेतृत्वको अवधि समाप्त भएपछि उनीहरु दुई मध्येबाट एक जना ६ महिनाका लागि प्रहरी महानिरीक्षक बन्नेछन्।

गृह स्रोतका अनुसार प्रदेश दुईमा त्यसपछि आउने नेतृत्वका दाबेदार प्रद्युम्न कार्कीको सरुवा भएको छ। उनी प्रहरी राष्ट्रिय शिक्षण प्रतिष्ठानमा कार्यरत थिए।

सरुवा अनुसार केदार रिजालको योजना तथा अन्वेषण शाखा, तीन नम्बर प्रदेशमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँचमा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशीको सरुवा भएको छ।

एसएसपी दरबन्दी कायम गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा सूर्य उपाधय्यायको सरुवा भएको छ। भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटी, महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारीको सरुवा भएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्युरो र लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख यथावत् छन्। प्रहरी प्रवक्तामा विश्वराज पोखरेललाई कायम गरिएको छ। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]