• भदौ १६, २०७६
  • जुनकिरी खबर

चिकित्सा विद्यार्थी आन्दोलित

alt

देशभरका विभिन्न शिक्षण संस्थामा अध्ययनरत चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलित बनेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सको कार्यालयमा आइतबार तालाबन्दी गरेको छ ।

आन्दोलनरत विद्यार्थीले चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार एकीकृत प्रवेश परीक्षाबाट मात्र भर्ना लिन माग गरेका छन् । ऐनकै व्यवस्थाबमोजिम ७५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उनीहरूको भनाइ छ ।

विश्वविद्यालय र प्रतिष्ठानहरूले पुरानै तरिकाबाट भर्ना प्रक्रिया सुरु गरेपछि विद्यार्थी आन्दोलित बनेका हुन् । दुई विश्वविद्यालयअन्तर्गत डिन कार्यालयका परीक्षा शाखामा समेत तालाबन्दी गरिएका कारण प्रवेश परीक्षा प्रभावित हुने सम्भावना बढेको छ । आईओएमले भदौ २१ देखि २३ लाई एमबीबीएसलगायत विषयका प्रवेश परीक्षाको समय तालिका तोकेको छ ।
त्यस्तै स्कुल अफ साइन्सले असोज पहिलो सातालाई तोकेको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले पनि आफूअनुकूल भर्ना कार्यक्रम अघि बढाएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]