• भदौ १७, २०७६
  • जुनकिरी खबर

झुम्का कृषि बजारको राज्य मन्त्री चौधरीले गरिन उदघाटन

alt

कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले रामधुनी नगरपालिकाको एक मात्र झुम्का कृषि बजारको उदघाटन गरेकी छिन । संघीय कृषि मन्त्रालयको ४० लाख सहयोगमा २९ वटा सटर सहीतको निर्माण भएको बजार रामधुनी नगर आसपासको कृषकहरुको लागी व्यवसाय गर्ने केन्द्रको रुपमा बन्ने विश्वास लिएको छ । उदघाटन समारोहलाई संबोधन गर्दै राज्य मन्त्री राम कुमारी चौधरीले कृषि जन्य उत्पादनलाई वृद्धि गर्दै बजार व्यवस्थापनलाई पनि सङ्ग सङ्गै लाने योजना अनुरुप कृषि बजारहरुको स्तरोन्नति र बिस्तार गरीरहेको बताइन् ।

यस आ.ब.मा मात्रै सुनसरीमा ईटहरी,धरान,ईनरुवा र देवानगन्जमा पनि नयाँ कृषि उपज व्यापारीकरण भवनहरु निर्माण सप्पन्न भएको र केही हुने प्रक्रियामा रहेको मन्त्री चौधरीले जानकारी गराएकी थिइन् । स्थानीय कृषि बजार निर्माणलाई निरन्तरता दिदै प्रदेश एककै नमुना र अत्याधुनिक कृषि थोक बजार ईटहरीमा बनाउने आफ्नो उदेशय रहेको र त्यसको लागि डि.पी.आर .भइसकेको र आवश्यक बजेटको व्यवस्था पनि मिलाएको मन्त्री चौधरीले बताइन ।

सुनसरीमा माछा,धान र अदुवाबेसार जोन संचालनमा रहेको र थप दुई वटा तरकारी र बनगुर जोनको लागि मन्त्रालयले बजेट बिनियोजन गरेको बताइन । बिकास निर्माणमा सबै एकजुट भएर लाग्न सके छिटै परिणाम देखाउन पनि सकीने बताइन । सुनसरीका किसानहरुको उपज व्यवस्थापनको लागी रामधुनी,ईनरुवा र देवानगन्जमा छुट्टाछुट्टै ३ वटा शितभण्डारण घर निर्माणको लागि बजेट बिनियोजन भएको राज्य मन्त्री चौधरीले बताइन् ।रामधुनी नगरपालिकाको आयोजनामा आयोजित झुम्का कृषि बजार उदघाटन समारोहमा नगरका उपमेयर सबिना चौधरीको विशेष उपस्थित रहेको थियो ।

नेकपा सुनसरी अध्यक्ष पप्पु मण्डल ,नगर अध्यक्ष राम कोयराला र जनप्रतिनिधि वडा अध्यक्षहरु रुद्र बस्नेत ,महेश चौधरी ,डेगराज फुयाल को पनि उपस्तिथि रहेको थियोे । कृषि मन्त्रालय बाट बजार निर्माणको लागि छुटयाएको ४० लाख बजेटमा २७ लाख अरसठ्ठी हजार पचपन्न रुपैयामा निर्माण सम्पन्न भएको र १२ लाख ३१ हजार ९४ रूपया फिर्ता पठाएको नगरपालिकाका योजना शाखाका सबईन्जिनियर हर्षलाल चौधरीले जानकारी गराएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]