• असार १, २०७६
  • जुनकिरी खबर

सातवटै प्रदेशले बजेट ल्याउँदै

alt

काठमाडौं। सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट आज ल्याउँदै छन् । मुलुक संघीय संरचनामा गएपछि प्रदेश सरकारहरुले दोस्रो पटक बजेट ल्याउन लागेका हुन् ।

सातवटै प्रदेशको कूल बजेटको आँकडा २ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको हुने अनुमान छ । प्रदेश १ सरकारले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदूरपश्चिम प्रदेशले २९ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन् ।

सबै प्रदेशले कृषि, पर्यटन, पूर्वाधार निर्माण, खानेपानीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।

प्रदेश १ सरकारले चालू आर्थिक वर्षका लागि ३५ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि ४० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो ।

त्यसैगरी प्रदेश २ सरकारले चालू आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि त्यसलाई बढाएर ३५ अर्ब हाराहारीमा पु¥याउने बताइएको छ ।

प्रदेश ३ सरकारले चालू आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

त्यस्तै गण्डकी प्रदेशले चालू आर्थिक वर्षका लागि २४ अर्ब रुपैयाँको बजेट ल्याएकोमा आगामी आर्थिक वर्ष ८ अर्ब बढाएर ३२ अर्बको बजेट पुर्‍याउने बताइएको छ ।

प्रदेश ५ ले पनि चालू वर्षका लागि २८ अर्बको बजेट ल्याएकोमा त्यसलाई बढाएर ३५ अर्ब हाराहारीमा पु¥याउने भएको छ भने कर्णाली प्रदेशले चालू आर्थिक वर्षमा २८ अर्ब २८ करोड २८ हजारको बजेट ल्याएकोमा त्यसलाई बढाएर आगामी आर्थिक वर्षका लागि ३३ अर्ब पु¥याउने भएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा लागि २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याउने तयारी गरेको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]