• भदौ १८, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा डेंगी संक्रमण खुम्चिँदै

alt

गत वैशाख अन्तिम साता धरानमा डेंगीका बिरामी भेटिए। बिरामीको संख्या घट्नुको साटो दिनप्रतिदिन बढ्दै गयो। डेंगी धरानमा मात्र सीमित रहेन। विस्तारै झापा, मोरङ, उदयपुरलगायत तराई र भित्री मधेसका जिल्लामा पनि यसको संक्रमण देखिन थाल्यो। पाँचथर, भोजपुर र तेह्रथुम जस्ता पहाडी जिल्लामा पनि डेंगीका बिरामी भेटिए।

धरानमा डेंगु नियन्त्रणमा आउन नसकेपछि प्रकोपग्रस्त क्षेत्र घोषणा गरियो। १ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशका ७ जिल्लामा डेंगीका बिरामी भेटिएका छन्। तीमध्ये सुनसरीबाहेक अन्य जिल्लामा डेंगी संक्रमण करिबकरिब नियन्त्रणमा आइसकेको छ। ‘सुनसरीको पनि धरानमा मात्र डेंगीका बिरामी अहिले पनि भेटिएका छन्, अन्यत्र लगभग नियन्त्रणमा आइसकेको छ,’ निर्देशनालयका डेंगी फोकल पर्सन हरिशंकर साहले भने, ‘पहिलाभन्दा संक्रमितको संख्या घट्दो क्रममा छ।’

निर्देशनालयका अनुसार एक साताअघिसम्म प्रदेश १ मा ३ हजार ६ सय ६० जना डेंगीका बिरामीको तथ्यांक संकलन भएको छ। तीमध्ये झापामा १ सय ५३, मोरङमा १६३, उदयपुरमा ६०, भोजपुरमा १, पाँचथरमा १२, तेह्रथुममा ७ र सुनसरीमा सबैभन्दा बढी ३ हजार २ सय ६६ जना रहेको फोकल पर्सन साहले जानकारी दिए।

‘कहाँ कति संख्या थपिए भनेर रिपोर्टिङ सिस्टम सुधार गर्ने प्रयासमा छौं, पालिकामा स्वास्थ्य अधिकार पुगेपछि सबैबाट रिपोर्टिङमा समस्या पनि भएको छ,’ उनले भने, ‘पहाडी जिल्लामा देखिएका डेंगीका बिरामी त्यही बसिरहेकालाई होइन, धरान र इटहरीतिर ओहोरदोहोर गर्नेलाई लागेको हो।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]