• भदौ १८, २०७६
  • जुनकिरी खबर

प्रदेश १ को लोकसेवा विधेयक प्रमाणीकरण

alt

प्रदेश १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार प्रमाणीकरण गरेका छन । विधेयक प्रमाणीकरणसँगै प्रदेश सरकारलाई आयोग गठनको बाटो खुलेको हो । प्रदेशसभा बैठकबाट भदौ १० मा विधेयक सर्वसम्मतले पारित गरिएको थियो ।

नेपालको संविद्यानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले विद्येयक प्रमाणिकरण गरेको छ । प्रदेश लोक सेवा आयोगलाई निजामति, प्रहरी, संगठित संस्था, अन्य सरकारी सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको विज्ञापन गरी कर्मचारी पदपूर्ति गर्ने अधिकार दिएको छ ।

आयोग गठन गर्दा १ अध्यक्ष र २ सदस्यको प्रावधान राखिएको छ । पदाधिकारी चयन गर्दा समावेशी सिद्धान्तको आधारमा कम्तीमा १ महिला अनिवार्य हुनुपर्ने विधेयकमा उल्लेख छ । अध्यक्ष र सदस्यलाई मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहेको सिफारिस समितिले पठाएको नाम प्रदेश प्रमुखले नियुक्ति गर्ने व्यवस्था छ । सबै पदाधिकारीको कार्यकाल ६ वर्षको रहने छ । प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशले अध्यक्षसहित सदस्यलाई शपथ
ग्रहण गराउने व्यवस्था छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]