• भदौ २०, २०७६
  • जुनकिरी खबर

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइयो

alt

सरकारले दूधको मूल्य एकैपटक लिटरमा ६ रुपैयाँ बढाएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले मन्त्रीस्तरीय निर्णय गर्दै दूधको मूल्य बढाउन स्वीकृति दिएपछि दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

योसँगै अब प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ पर्नेछ भने आधा लिटरको एक प्याकेट दूधको मूल्य ३८ रुपैयाँ पर्नेछ ।

बढाइएको मूल्य आउँदो शनिबारदेखि लागू हुने जनाइएको छ । किसान तथा डेरी उद्योगहरुले लागत बढेको भन्दै दूधको मूल्य बढाउन दबाब दिएकाले मूल्य बढाइएको कृषि मन्त्रालयको दाबी छ ।

बढाइएको मूल्यबाट ६९ प्रतिशत किसानले पाउने र बाँकी डेरी उद्योगहरुले पाउनेछन् । सरकारले दुई वर्षअघि पनि दूधमा प्रतिलिटर ६ रुपैयाँले नै मूल्य बढाएको थियो । दूधको मूल्यवृद्धिको प्रभाव दही, मही, पनिर, आइसक्रिम, मिठाइलगायतका दुग्धजन्य पदार्थहरुमासमेत पर्नेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]