• असार १, २०७६
  • जुनकिरी खबर

प्रदेश१ को ४ जिल्लामा डेंगुको संक्रमण, परीक्षणमा महंगो शुल्क तिर्न सेवाग्राही बाध्य

alt

विराटनगर । बैशाख अन्तिम साता धरानमा देखिएको डेंगु संक्रमण एक नम्बर प्रदेशको ४ वटा जिल्लामा फैलिएको छ । सुनसरी, मोरङ, झापा हुदै पछिल्लो पटक उदयपुरमा पनि एक जनामा डेंगुको संक्रमण पाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

डेंगुको संक्रमण फैलिदै जान थालेपछि अहिले डेंगु रोग फैलाउने एडिस जातको लामखुट्टे नियन्त्रण गर्न प्राविधिकहरु लागिपरेका छन् भने सर्वसाधारणमा सचेतना जगाउने कार्य पनि थालिएको छ । सफा जमेको पानीमा जीवन चक्र चलाउने सेतो टाटे लामखुट्टे नियन्त्रण गर्न घर भित्रका खाली डब्बा, गमला र अन्य सामानमा जमेको पानी फाल्न स्थानीयलाई सम्झाउने र सिकाउने कार्य जारी छ ।

यो जातको लामखुट्टेले दिउसो मात्र टोक्ने भएकाले सजग र सचेत हुन प्राविधिकहरुले आग्रह गरेका छन् । एकातिर सर्वसाधारणहरु डेंगु संक्रमणबाट आतंकित भईरहेका छन् भने अर्कोतिर निजी अस्पतालहरुले भने डेंगु परीक्षणका नाममा महंगो शुल्क असुल्न व्यस्त छन् ।

करिब ४ सय रुपैया पर्ने टेष्ट किटबाट परिक्षण गरिएको विराटनगरको नोबेल अस्पतालले २५ सय रुपैया सम्म लिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । उनीहरुले महंगो शुल्क लिएकाले कारवाहीको दायरामा ल्याउन आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]