• भदौ २०, २०७६
  • जुनकिरी खबर

डेंगीको प्रकोप बढ्दै, ४२ जिल्लाका ६ हजार २६ जनामा संक्रमण

alt

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो वर्ष ४२ जिल्लामा ६ हजार २६ जनामा डेंगी रोगको संक्रमण भएको जनाएको छ ।

गएको वैशाखदेखि असार अन्तिमसम्म तीन हजार ४३५ जनामा डेंगी देखिएको थियो । साउन १ गतेयता थप दुई हजार ५९१ मा रोगको संक्रमण देखापरेको जनाइएको छ ।

सबैभन्दा बढी ३ नम्बर प्रदेशमा एक हजार ९३ जनामा रोग देखिएको छ भने प्रदेश नम्बर–१ मा ७५३ जना डेंगीबाट प्रभावित भएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले डेंगीबाट हालसम्म चारजनाको मृत्यु भएको भन्दै सबैभन्दा बढी कास्की, मकवानपुर, सुनसरी र चितवन जिल्लामा प्रभाव देखिएको जानकारी दिए ।

कार्यक्रममा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले डेंगीको प्रकोप बढेका बेला कर्मचारीलाई ‘फाजिल’मा राखेर सरकारले समस्यामा पारेको गुनासो गरे ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले एक दिनमा २५० जना डेंगीको परीक्षण गर्न आउने गरेको बताए ।

सो अस्पतालमा हाल ३० जना बिरामी भर्ना भएको भन्दै डा. पाण्डेले डेंगी संक्रमणको शंका लागे चिकित्सकको सम्पर्कमा आउने र झोलिलो पदार्थ खाने तथा आराम गरेमा निको हुने बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]