• भदौ २१, २०७६
  • जुनकिरी खबर

सुकुम्बासीलाई बसेकै ठाउँमा जग्गा दिइने

alt

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले दस वर्षदेखि भोगचलन (कमोत) गर्दै आएको जग्गा सरकारले उनीहरूलाई नै उपलब्ध गराउने भएको छ ।

प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा छलफल क्रममा रहेको भूमिसम्बन्धी ऐनको आठौं संशोधन विधेयकमा यस्तो प्रावधान राखिएको छ । उक्त विधेयक पारित भएपछि जग्गा उपलब्ध गराउन प्रक्रिया अघि बढाउने तयारी सरकारको छ ।

विधेयकमा दस वर्षदेखि आवाद कमोत भएको ऐलानी वा अन्य सरकारी, अभिलेखमा वन क्षेत्र जनिएको भए पनि आवादीमा परिणत भएको जग्गा भूमिहीन सुकुम्बासी वा अव्यस्थित बसोबासीलाई एक पटकका लागि तोकिएको क्षेत्र नबढ्ने गरी उपलब्ध गराउने विधेयकमा उल्लेख छ ।

भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयका प्रवक्ता जनकराज जोशीले विधेयक पारित भएपछि सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीलाई एक पटकका लागि जग्गा उपलब्ध गराउने बताए । ‘कुनै न कुनै रूपमा समस्या समाधान गर्नैपर्छ,’ उनले भने, ‘त्यसकारण सरकारले कानुनी प्रक्रिया अघि बढाएको हो ।’ जग्गा उपलब्ध गराउनुअघि सरकारले आयोग बनाई सूचना प्रकाशित गर्ने उनले बताए । त्यसरी सूचना जारी गरेपछि भूमिहीनहरूले निवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]