• भदौ २१, २०७६
  • जुनकिरी खबर

छथर गाउँपालिकामा रैथाने बाली जोगाउन बीउ बैंक स्थापना

alt

खडेरीले अन्न र तरकारीको बीउ जोगाउन मुस्किल परेपछि किसानले छथर गाउँपालिका ५ ओख्रेमा बीउ बैंक स्थापना गरेका छन् । बढी उत्पादन गर्न अधिकांश किसानले ‘हाइब्रिड’ बीउ प्रयोग गर्न थालेको र यस्तो बीउ खडेरीको चर्को मारमा पर्न थालेपछि रैथाने बीउ जोगाउन बैंक स्थापना गरेका हुन् ।

बैंकमा रैथाने जातका १ सयभन्दा बढी प्रजातिका अन्न, तरकारी र मसला बालीको बीउ संकलन गरेर राखिएको छ । पछिल्लो समय कृषिबालीमा बढी उत्पादन दिने ‘हाइब्रिड’ जातका बीउ किसानले भित्र्याएको र यस्तो बीउ सुख्खा र खडेरी सहन नसक्ने देखिएको गाउँपालिकाले गरेको अध्ययनले देखाएको छ ।

गाउँभरिका महिलाको सक्रियतामा बीउ जोगाउन कल्याणकारी महिला कृषक सहकारी संस्था गठन गरेका छन् । सहकारीमा गाउँका ६० भन्दा बढी महिला सहभागी रहेको अध्यक्ष आइतु लिम्बूले बताइन् । बैंकमा धान, मकै, कोदो, फापर, तोरी, जौ, कागुनो, सिमी, गहत, गहुँ, बोडी, भटमास, तीतेकरेला, पिँडालु, खुर्सानी, काँक्रो, फर्सी, रायोको साग, काउली, प्याज, लसुन, फिलुङगे, मास, थाङग्रे सिमी, टमाटर, मुला, धनिया, बकुल्लो, चुचे करेलाजस्ता रैजाने प्रजातिका बिउ राखिएको सहकारी अध्यक्ष लिम्बूले बताइन् ।
बीउ बैंक स्थापनाका लागि गाउँपालिकाले पनि सहयोग गरिदिएको छ । गाउँका मौलिक स्वाद र प्रजातिका अन्न, तरकारी र मसाला बाली मासिने सम्भावना बढेपछि ५ नम्बर वडामा बीउ बैंक स्थापनामा सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । सबै वडामा यस्तै प्रकृतिका बीउ बैंक स्थापना गर्ने योजना रहेको अभियानमा गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]