• भदौ २२, २०७६
  • जुनकिरी खबर

गृह मन्त्रालयले राष्ट्रिय झन्डा अंकित टिसर्टका नमुना तयार

alt

संविधान दिवस (असोज ३) लाई यसपल्ट सरकारले भव्य बनाउने निधो गरेको छ । आम नागरिकलाई सांस्कृतिक एवं राष्ट्रिय पोसाकमा झन्डासहित र्‍यालीमा सामेल हुन आह्वान मात्र गरेको छैन, तीन दिनसम्म घरघरमा दीपावली गर्न समेत भनेको छ । 

मुलुकमा लोकतन्त्र स्थापनापछि पहिलो पटक सरकारले सरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई संविधान दिवस कार्यक्रममा अनिवार्य उपस्थित हुन ‘उर्दी’ जारी गरेको हो । दिवसका दिन प्रदेश, जिल्ला र स्थानीय तहमा आयोजना हुने समारोहस्थलमा सबै सहभागी हुन सरकारले निर्देश गरेको छ । संविधान दिवस मूल समारोह समितिको निर्णयअनुसार सबै मन्त्रालय र केन्द्रीय कार्यालयले मातहतका निकायहरूलाई यससम्बन्धी सर्कुलर जारी गरिसकेका छन् ।

सबै मन्त्रालय र केन्द्रीय निकायले आ–आफूसँग सरोकार राख्नेनिजी क्षेत्रका उद्योग व्यवसाय, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था र गैरसरकारी संघसंस्था र तिनका कर्मचारीलाई संविधान दिवसका कार्यक्रममा औपचारिक पोसाक र राष्ट्रिय झन्डासहित सहभागी हुन भनेका छन् ।

त्यसका लागि गृह मन्त्रालयले राष्ट्रिय झन्डा अंकित टिसर्टका ४ नमुना तयार पारी आफ्नो वेबसाइटमा राखेको छ । जस अनुसार सबै सहभागीले बायाँ छातीमाथि झन्डा पर्ने गरी बनाइएको टिसर्ट लगाउनुपर्नेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]