• असार १, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा आयो ४२ अर्ब २० करोडको बजेट

alt

प्रदेश १ सरकारले आइतबार प्रदेशसभामा आउँदो आर्थिक वर्ष ०७६/७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार बजेट ल्याएको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थापनतर्फ ८ करोड, अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको मन्त्री आङ्बोले जनाए।
 
आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजश्व बाँडफाँडबाट १० अर्ब ५२ करोड, अनुदलानबाट २१ अर्ब २१ करोड र ६ अर्ब ५९ करोड चालु आर्थिक वर्षको नगद मौजदात रहने अनुमान गरिएको मन्त्री आङबोले बताए।
बजेटमा कृषि, पर्यटन, उद्योग, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ।

स्थानीय तहलाई राजश्व बाँडफाँडबाट १ अर्ब ३ करोड र प्रदेशस्थित १ सय ३७ स्थानीय तहलाई ५० लाखको दरले १ अर्ब समानीकरण अनुदानका लागि बजेट बिनियोजन गरेको छ। प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड ५० लाखको दरले कूल १ अर्ब ४० करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रदेश सभा सदस्यको सिफारिसमा ५० लाखको दरले ४८ करोड बजेट बिनियोजन गरेको छ।

कृषि, पशुपंक्षी तथा सहकारी क्षेत्रका लागि ४ अर्ब, पर्यटन क्षेत्रको विकासका लागि १ अर्ब ६६ करोड, बन तथा वातावरण क्षेत्रमा १ अर्ब २० करोड, उद्योग बाणिज्य तथा आपूर्ति क्षेत्रमा ४७ करोड, सिँचाई तथा नदी नियन्त्रणमा ३ अर्ब २० करोड बजेट विनियोजन गरेको छ।

शिक्षामा १ अर्ब २८ करोड, सवास्थ्य क्षेत्रमा १ अर्ब ७ करोड, खानेपानी तथा सरसफाईमा ३ अर्ब, खेलकुद क्षेत्रको विकासका लागि ४७ करोड ५५ लाख, भोतिक पूर्वाधारतर्फ सडक र पुल निर्माणमा ८ अर्ब, आवास भवन तथा सहरी पूर्वाधारमा ३ अर्ब बजेट बिनियोजन गरेको छ।
उर्जा तथा विद्युतमा श्रम तथा रोजगारी, सूचना तथा सञ्चार, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन, सुशासन र सार्बजनिक सेवा प्रवाह, विपद व्यवस्थापन, लागुपदार्थ दुर्व्यसन नियन्त्रणका लागि समेत बजेट विनियोजन गरेको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]