• भदौ २४, २०७६
  • जुनकिरी खबर

प्रदेश–१ को पहिलो प्रादेशिक सडक निर्माणको शिलान्यास

alt

प्रदेश सरकारको लागानीमा प्रदेश नम्बर–१ को पहिलो प्रादेशिक सडक निर्माणको सोमबार शिलान्यास गरिएको छ । प्रदेशको स्थायी राजधानी जोड्ने विराटचोक–घिनाघाट २० किलोमिटरको चार लेनको सडक शिलान्यास गरिएको हो ।

कुल २२ किलोमिटर लामो सडकमध्ये दुवैतर्फको पहिलो चरणमा ठेक्का लागेको १०/१० किलोमिटर सडक निर्माणको मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरे ।

विराटनगर–घिनाघाट जोड्ने यो सडक आउँदो असोजबाट विस्तार गरी चार लेनको बनाइनेछ ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले विराटचोक–घिनाघाट जोड्ने सडक निर्माणले पूर्व–पश्चिम राजमार्गबाट प्रदेशको राजधानी जान सहज हुने बताए ।

उनले प्रदेश सरकारको लागानीमा पहिलो प्रादेशिक सडक निर्माणको काम अघि बढेसँगै अब प्रदेशको समृद्धिको ढोका खोल्ने विश्वाससमेत व्यक्त गरे ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]