• भदौ २५, २०७६
  • जुनकिरी खबर

बीपी प्रतिष्ठानमा उपकुलपति नियुक्ति : अदालतको राय मागिने

alt

उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा कानुनी जटिलता रहेकाले अदालतसँग राय माग्ने तयारी भइरहेको बताएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीपछि प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार निलम्बनमा परेका छन् । बीपी कोइरालाको १०५ औं जन्मजयन्ती तथा बीपी प्रतिष्ठानको २६ औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गरेपछि मन्त्री यादवले भने, ‘आर्थिक अनियमितताको कारण एउटा उपकुलपति निलम्बनमा छन् । तर, बर्खास्त नभएको अवस्थामा नयाँ उपकुलपति नियुक्ति गर्न मिल्छ कि मिल्दैन भनेर अदालतसँग राय माग्ने छौं ।

रौनियारको मुद्दाको फैसला हुन अदालतमा पाँच सात वर्षसम्म लागे के गर्ने ? प्रतिष्ठान सञ्चालन गर्न उपकुलपति त चाहियो ।’

उनले हाल प्रतिष्ठानमा बिग्रेका महंगा मेडिकल उपकरण मर्मत सम्भार तत्काल बनाउने बताए । ती उपकरणहरू बन्न नसके नयाँ खरिद गरिने पनि बताए । प्रतिष्ठानमा मुटु रोगको उपचार गर्ने ८ करोड रुपैयाँको कार्डियाक क्याथल्याव, ३ करोड २४ लाख रुपैयाँको अक्सिजन प्लान्ट, डेन्टलको सेफालो ग्राम एक्सरे बिग्रेका छन् । त्यस्तै ८५ प्रतिशत डेन्टल चियर, सिटी स्क्यान पनि बिग्रेर कामै नलाग्ने भएका छन् । प्रतिष्ठानमा जडान गरिएको जिरो पोइन्ट ३५ टेस्लाको एमआरआईले मेरुदन्डको एमआरआई गर्न सक्दैन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]