• भदौ २५, २०७६
  • जुनकिरी खबर

क्यान सुनसरीको नेतृत्व चयन बिधान संगत नभएको सदस्यहरुको आरोप

alt

पदाधिकारी चयनको बिषयलाई लिएर कम्प्युटरजन्य व्यवसायीहरूको छाता संस्था कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) सुनसरीमा विवाद देखिएको छ । क्यान सुनसरी अधिवेशनबाट चयन भएका पदाधिकारी बिधान संगत नभएको भन्दै क्यानकै सदस्यहरुले बिरोध गरेका छन् ।

अध्यक्षमा चुनाव हुने र अध्यक्षको नेतृत्वमा पदाधिकारी चयन हुने क्यानको नियम छ । जस अनुसार अध्यक्षमा विजयी विशाल बास्तोलाले पदाधिकारी चयन गर्दा उम्मेद्धवारी दिएकालाई पन्छाएर अन्यलाई पदमा ल्याइएको छ ।

70219913_302251870625066_699435097736085504_n उपाध्यक्षको लागी निवर्तमान सचिव पुष्प अधिकारीले उम्मेदवार दिएका थिए भने सहसचिवको लागी भगीरथ राजवंशीले उम्मेदवार दिएका थिए । तर, २३ गते नामावली दिएकोमा २४ गते शपथग्रहणको दिन अचानक नामावली फेरिएको थियो । जसमा सहसचिवमा नाममा राजवंशीलाई नियोजित हिसाबले नाम हटाएर सुरेश चन्द्र दाहालको नाम राखियो ।

उपाध्यक्षको लागी निवर्तमान सचिव पुष्प अधिकारीले उम्मेदवार दिएका थिए । यता उपाध्यक्षको पदमा समेत अधिकारीको नाम हटाएर खड्गप्रसाद ओझाको नाम राखिएपछि विवाद शुरु भएको हो ।

सहसचिव र उपाध्यक्ष बाहेकका पदमा भने हालसम्म विवाद देखिएको छैन । टिकाराम न्यौपाने सचिव र महेन्द्र गुरगाँइ कोषाध्यक्ष चयन भएका छन् । अनिश भट्टराई र दीपनारायण यादव सदस्य भएका छन् । सदस्य बनाइएका पुष्प अधिकारी र भगीरथ राजवंशीले भने सदस्यको शपथ लिएका छैनन् ।

यस्तै विवादको अर्काे बिषयमा क्यान सुनसरीमा इटहरीका मात्र पदाधिकारीले राज गरेको अन्य शहरका सदस्यहरुले आरोप लगाएका छन् । नाममा सुनसरी जिल्ला स्तरि भनिएपनि सबै पदाधिकारी र सदस्यहरू इटहरीका मात्रै रहेका छन् । यस्तैगरि, नयाँ कार्यसमिति चयनताका भएको माइन्युटमा समेत असन्तुष्ट समूहले आपत्ति जनाएका छन् । निवर्तमान अध्यक्ष बलराम भन्डारीलाइ आमन्त्रित अतिथि बनाएर सामान्य नियम समेत जानकार नभएको देखिएको उनीहरूको आरोप छ ।

विवाद बढेपछि उपाध्यक्ष र सहसचिवका उम्मेदवार एक विज्ञप्ति जारी गरेका छन् । केन्द्रीय सदस्यहरू ठाकुर प्रसाद श्रेष्ठ र दीपक पाठकसँगै क्यान महासंघलाइ बोधार्थ दिएर सार्वजनिक गरिएको विज्ञप्तिमा छानबिनको माग गरिएको छ ।

70019779_680563392463183_487730627798368256_n

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]