• भदौ २६, २०७६
  • जुनकिरी खबर

प्रमाण मागेको भन्दै प्रदेश १ का प्रतिपक्षी दल कांग्रेसको आपत्ति

alt

प्रदेश एक सरकारले प्रदेशमा व्याप्त भ्रष्टाचार र अनियमितताको विषयमा सदनमा आवाज उठाउने सांसदहरूसँग प्रमाण मागेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ ।

बुधबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्रीले डेढ घण्टामा छानबिन गर्ने दाबी गरेको भए पनि अहिलेसम्म भ्रष्टाचार र कमिसनको खेती अन्त्य नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रदेशसभामा सांसदहरूले निराशाजनक अभिव्यक्ति दिएको भन्दै प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले केही दिन अघि सदनमा सम्बोधन गर्दै तत्थ्यसहित बोल्न आग्रह गरेका थिए । सोही विषयमा टिप्पणी गर्दै सचेतक कार्कीले सांसदले सदनमा जनताको गुनासो बोल्ने र त्यसको प्रमाण खोज्ने काम सरकारको भएको बताए ।

‘सदनमा बेथितिका विषयमा कुरा उठाउने सांसदलाई प्रमाण ल्याएर मात्रै बोल्नुपर्छ भनेको सुने,’ कार्कीले भने, ‘सांसदले सदनमा प्रमाण लिएर बोल्न आउँने होइन जनताले गरेका गुनासो सरकारलाई सुनाउने हो । प्रमाण सरकाले खोज्ने काम सरकारले गर्नुपर्छ ।’

प्रमुख सचेतक कार्कीले विराटनगर महानगरपालिका १९ स्थित बैजनाथपुर रंगशालामा निर्माण गरिएको क्रिकेट पिचमा भएको अनियमितताको विषयमा छानबिन गर्न सरकार उदासीन बनेको अरोप लगाए । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिवले विज्ञापन दिँदा पत्रकारसँगै कमिसन मागेको, कृषि ज्ञान केन्द्र झापाले बाँडेको पैसामा हिनामिना भएको, मुख्यमन्त्री कपमा भएको अनियमितताको पनि छानबिन नभएको उनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]