• भदौ २७, २०७६
  • जुनकिरी खबर

नेकपा सुनसरीमा पार्टी प्रवेशको लहर, नेतृ चौधरीले गरीन स्वागत

alt

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) सुनसरीमा पार्टी प्रवेश गर्नेको लहर चलेको छ । आज नेकपा देवानगन्ज गाउँपालीकाको आयोजनामा आयोजित एक कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले नेपाली कांग्रेस र संघिय समाजबादी पार्टीका सयौं नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएकि छिन ।

नेका र फोरमका जिल्ला स्तरीय नेता राजन यादवको नेतृत्वमा पार्टी प्रवेश गरेका नव प्रवेशीहरुलाई राज्य मन्त्री चौधरी ,नेकपाका सुनसरी अध्यक्ष योगेन्द्र मण्डल ,जिल्ला नेताहरु प्रशुराम यादव ,राम प्रसाद मेहता ,बेचन खत्वे ,भिमनन्दन शर्मा लगायतका नेतृत्वहरुले टीका लगाइदिएर पार्टी प्रवेश गराएका थिए । उक्त कार्यक्रमलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले अबको बिकल्प नेकपा नै रहेको र यसैको नेतृत्वमा "संबृध्द नेपाल र सुखी लेपालीको "सपना साकार हुने बताइन् । कम्युनिस्ट सरकार बाट अतालीएकाहरुले अनर्गल प्रचारबाजी गरेर आलोचनाको नाममा आलोचना गरेको बताइन् ।

यो भन्दा अगाडीका निरन्तर नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारहरुले राज्य कोषलाई दोहन गरेर ढुकुटी रितियाएको कारणले तेसलाई परिपुर्ति गर्न समय लागेको मन्त्री चौधरीले बताइन् । पहीला / पहीला गाउघरमा सरकारी बजेटको नाममा १/२ लाख बजेट मात्रै आउने र बिकास ,शिक्षा , स्वास्थ्यमा जनतालाई केही नदिइ केन्द्रमा बसी काग्रेसीहरुले ब्रमलुट गरेको बताइन् । तर अहिले कम्युनिस्ट सरकारले गाउँघरमा करोडौंको बजेट बिनयोजन गरेकोले गाउँमा बिकासको मुल फुटेको मन्त्री चौधरीले बताइन ।गाउँ गाउँमा स्कुल ,क्याम्पस ,अस्पताल ,ग्राबेल कालोपत्रे सडकहरु बिस्तार भइ रहेको बताइन ।

71183381_613065969224785_4206183729216880640_n काग्रेसी सरकार रहुनजेल १८/१९ घण्टा सम्म नेपाली जनतालाई अँध्यारोमा राखेको तर कम्युनिस्ट सरकारले सबै नेपाली जनतालाई उज्यालो नेपाल बनाउन सफल भएको मन्त्री चौधरीले बताइन । काग्रेस परित्याग गरि आएका नेता यदावले काग्रेस हुनेखाने ,सुकीला,मुकीला,दलाल र भ्रष्टहरुको पार्टी भएको र यसले नेपाली जनताको लागि कहीलै केही गर्न नसकने भएकोले आफू काग्रेस परित्याग गर्नु परेको बताए ।

यस अघि पनि सुनसरीमा नेकाका नेताकार्यकर्ता र जननिर्वाचित जनप्रतिनिधिहरुले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेको र प्रवेशीहरुलाई प्रदेश ईन्चार्ज भिम आचार्यले पार्टी प्रवेश गराएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]