• भदौ २७, २०७६
  • जुनकिरी खबर

घर पुरिँदा ६ को मृत्यु

alt

बिहीबार राति सहिदमार्गअन्तर्गत घर्तीगाउ–थबाङ सडक खण्डको छेर्लोबाङमा पहिरो खस्दा एक घर पुरियो । पहिरोले पुर्दा घरभित्रका ६ जनाको ज्यान गयो । थबाङ गाउँपालिका-२ छेर्लोबाङस्थित शीरकुमारी बुढामगरको घर पहिरोले पुर्दा २८ वर्षकी शीरकुमारी र उनका छोरा ४ वर्षका असललगायत ६ जना पुरिए ।

प्रहरीले उद्धारका क्रममा बिहानै आमा छोराको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। उद्धारका थप प्रहरी र स्थानीयलाई परिचालन गरिएको उनले बताए। अन्य ४ जनाको शव दिउँसोमात्रै फेला पर्‍यो।

दुई दिनदेखिको भारी वर्षासँगै निर्माणाधीन सहिदमार्गबाट पहिरो खसेर घर पुर्‍यो। घटनास्थल लिबाङबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ। बिहीबार दिउँसैबाट भारी वर्षा भइरहेपछि पहिरो खस्ने आशंकाले छिमेकीसमेत शीरकुमारीको घरमा बास बस्न आएका थिए। दुर्भाग्य, आश्रय लिएको घरभित्र छिमेकीसमेत पुरिए।


ढुंगा र काठको छाना भएको दुई तले घरको माथिल्लो तलामा रहेका शीरकुमारी र उनका छोरा सुतेका थिए भने आश्रय लिई तल्लो तलामा छिमेकी बास बसेका थिए। स्थानीयका अनुसार सहिदमार्ग निर्माणको जिम्मा लिएका ठेकेदार र कार्यालयको लापरवाहीले घरमाथि पहिरो खसेको हो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]