• भदौ २८, २०७६
  • जुनकिरी खबर

प्रदेश १ र २ बीच सीमा विवाद

alt

प्रदेश १ को उदयपुर र प्रदेश २ को सिरहा क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न सांसद नारायणबहादुर मगरले सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रदेश सभाको शून्य समयमा बोल्दै उनले उदयपुरको उदयपुरगणी गाउँपालिका र कटारी नगरपालिकाको केही भूभाग प्रदेश दुईले आफ्नो भनेर दाबी गर्दा विवाद सिर्जना भएको बताए ।

उदयपुरको दक्षिणी चुरे क्षेत्रमा पर्ने उदयपुरगणी गापाको ५ र ७ नम्बर वार्ड र कटारी नपाको ६ नम्बर वार्डमा पर्ने केही भूभागलाई प्रदेश दुईले सिराहा जिल्लामा पर्ने भन्दै दाबी गरिरहेको भए पनि त्यसक्षेत्रका नागरिकको लालपुर्जामा उदयपुर नै उल्लेख गरिएको उनले बताए । त्यस क्षेत्रका जनताले पनि प्रदेश एकमै रहने बताउँदै आएकाले प्रदेश सरकारले तत्काल उक्त विवाद समाधान गर्न उनले माग गरे ।

सांसद उमिता विश्वकर्माले दोहोरो शिक्षा नीति अन्त्यका लागि सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिइन् । सामुदायिक विद्यालयमा सरकारले दिएका कतिपय शैक्षिक सामग्रीको उचित उपयोग हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

त्यस्तै सांसद लीला शुब्बाले धनकुटामा बसोबास गर्दै अठपहरिया राईहरूलाई अल्पशंख्यक, सिमान्तकृत वर्गमा सूचीकृत गर्न माग गरिन् । धनकुटामा मात्रै रहेका उनीहरूको आफ्नै भषा, संस्कृति र लिपि रहेकाले उनीहरूको संरक्षण गरिनुपर्ने उनले बताइन् । प्रदेश एकमा पर्यटक भित्र्याउने एउटा गतिलो माध्यम उनीहरू बन्न सक्ने भन्दै उनले सरकारलाई यसतर्फ ध्यान दिन माग गरिन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]