• भदौ २९, २०७६
  • जुनकिरी खबर

सुनसरी र मोरङका उद्योगहरु धमाधम बन्द हुन थाले

alt

केही दशकअघिसम्म प्रशस्त उद्योगधन्दा रहेका सुनसरी तथा मोरङमा पछिल्लो समय उद्योग बन्द हुनेक्रम जारी छ ।

सरकारले मुलुकमा राजनीतिक स्थायित्व भएकाले लगानी गर्ने वातावरण अनुकुल रहेको बताएपनि औद्योगिक वातावरण नभएको भन्दै व्यवसायीहरुले एक पछि अर्को गर्दै कलकारखाना बन्द गर्न थालेका छन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि औद्योगिक क्षेत्रको विकासमा कालो बादल नै सुरु भएको थियोे ।

त्यसबेला सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा ठूला निर्यातमुखी उद्योगको संख्या १ सय ५० वटा थियो । तर ३० वर्षपछि अहिले ठूला उद्योगको संख्या ४३ मा खुम्चिएको छ । तीमध्ये पनि अधिकांश उद्योग समस्याग्रस्त रुपमा सञ्चालन भइरहेका छन् ।

लामो समयको संक्रमणकाल अन्त्य भएर मुलुकमा नयाँ व्यवस्थासहितको स्थिर सरकार पनि गठन भइसकेको छ । तर उद्योगी व्यवसायी भने औद्योगिक क्षेत्रको विकासका लागि अनुकूल वातावरण नभएको गुनासो गरिरहेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे नयाँ लगानी थपिने भन्दा पनि भएका उद्योग पनि बन्द हुने क्रममा भएको बताउँछन् ।

उद्योग विभागकोे तथ्याङक अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरलगायत आसपासका क्षेत्रमा अहिले साना ठूला गरी ६६५ उद्योग सञ्चालनमा छन् । जसमध्ये १९ प्रतिशत उद्योगले मात्र उत्पादित वस्तु भारतसहित तेस्रो मुलुकमा निर्यात गर्ने गरेका छन् ।

राजनीतिक अस्थिरता बन्द–हड्ताल, श्रमिक आन्दोलन, विद्युत् अभाव, यातायात अवरोधलगायतका कारण उद्योग बन्द भएको उद्योगी सौरभ सारडाको भनाइ छ ।  औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाका लागि बाह्य लगानीकर्ता नआएकाले पनि समस्या भइरहेको हो ।

सरकारको आर्थिक नीति उद्योगलाई दोहन गर्ने किसिमको देखिएकाले उद्योग क्षेत्रको विकास, विस्तार हुन नसकेको अर्का उद्योगी पवन सारडाको बुझाइ छ ।

उद्योग विभागका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरमा ५ सय करोड रुपैयाँ उद्योगमा लगानी छ । यस औद्योगिक करिडोरमा जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, जुत्ता, चप्पल, धागो, साबुन, लगायतका वस्तु उत्पादन हुँदै आएका छन् ।  जहाँबाट झण्डै ५० हजार भन्दा बढी जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]