• भदौ ३०, २०७६
  • जुनकिरी खबर

१५ दिनभित्र कार्यविधि तयार गर्न प्रदेश १ का मुख्यमन्त्रीको निर्देशन

alt

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ दिनभित्र आवश्यक कार्यविधि तयार पार्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । उनले प्रदेश सरकारले बजेट कार्यान्वयन गर्नका लागि बनाएको नयाँ क्यालेण्डर पूर्णरुपमा लागू गर्न समेत निर्देशन दिएका छन् ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विराटनगरमा बजेट कार्यान्वयनका लागि सांसदहरुसँग गरेको छलफलमा दसैं अगाडिसम्ममा आवश्यक कार्यविधि र निर्देशिका तयार पार्न निर्देशन दिएका हुन् । चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिएका सम्पुर्ण कार्यक्रम तथा योजनाको बजेट जेठ १५ भित्र खर्च गर्ने तयारी रहेकाले त्यसै अनुसार तुरुन्तै कार्यविधि तयार गरेर काम सुरु गर्न उनले निर्देशन दिए ।

मुख्यमन्त्री राई जनताले बुझ्ने सरल खालको कार्यविधि बनाउन आग्रह गरे । ‘आजको मितिले १५ दिनभित्रमा आवश्यक निर्देशिका र कार्यविधि बन्नुपर्छ,’ उनले भने, ‘कार्यविधि बनाउँदा जनता केन्द्रीत हुनुपर्छ । खास व्यक्तिको कमिसन र सेटिङमा केन्द्रीत कार्यविधि बन्नु हुँदैन ।’


प्रदेश सरकारले वितरण गर्ने अनुदानहरुलाई पारदर्शी, प्रभावकारी र जनमुखि बनाउन कार्यविधि र निर्देशिकाहरु संशोधन गर्ने भन्दै मुख्यमन्त्री राईले गरिबको हातमा सजिलै पुग्ने गरी अनुदान कार्यविधि तयार पार्ने बताए । प्रदेशका सांसदहरुले नै अनुदान वितरण प्रकृया जटिल भएको, क्षेत्रगत विभेद भएको र पहुँचको आधारमा वितरण हुने गरेको बताएकाले मुख्यमन्त्री राईले यसअघि बनेका कार्यविधि र निर्देशिकाहरु संशोधन गर्न पनि सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]