• भदौ ३१, २०७६
  • जुनकिरी खबर

हेमोफिलियाबाट प्रदेश १ मा ७ को मृत्यु, ९० जना प्रभावित

alt

'हेमोफिलिया' का कारण प्रदेश १ मा हालसम्म सातजनाको मृत्यु भएको छ । ती मध्ये मोरङका तीन, सुनसरीका दुई, झापा र पाँचथरका एक÷एक जना गरी ७ जनाको मृत्यु भएको हो।

२०७५ पुसमा मोरङको कटहरी गाउँपालिकाका ३५ वर्षीय बसिर मियाँ र १३ वर्षीय मोहम्मद कब्रेजको मृत्यु भयो । 'हेमोफिलिया' बाट पीडित मियाँ र कब्रेज पारिवारिक नाता भित्रका मामा भन्जा हुन् । दुवैजनाको पेट भित्रको आन्तरिक रक्तश्राव नरोकिएर मृत्यु भएको हेमोफिलिया सोसाइटीले जनाएको छ । 

मृत्यु हुने अन्यमा मोरङका युवराज कार्की, सुनसरीका शम्भु बस्नेत, रमेश तामाङ, झापाका सुलभ गजमेर र पाँचथरका तुलसी चिमरिया रहेको सोसाइटीको तथ्याँकमा छ । 'एन्टी हेमोफिलिक फ्याक्टर' नामक औषधि सेवन गर्न नपाएका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ ।

राष्ट्रिय आपांग महासंघका पूर्व केन्द्रीय सदस्य नवीन ढुँगेलले प्रदेश १ मा पहिलो पटक २०५८ सालमा 'हेमोफिलिया'को समस्या रहेकाको पहिचान भएको बताए । प्रदेशमा हालसम्म ९० जनामा यसको समस्या रहेको पुष्टि भइसकेको उनको भनाइ छ। 

प्रदेश १ मा सबैभन्दा बढी मोरङमा १८ जनामा यसको समस्या छ । सुनसरीमा १५, झापामा १४, धनकुटामा आठ, भोजपुर, सोलुखुम्बु, र ओखलढुंगामा सात÷सात, उदयपुरमा पाँच, ताप्लेजुङ, संखुवासभा र खोटाङमा दुई÷दुई तथा पाँचथर, इलाम र तेह्रथुममा एक÷एक जनामा 'हेमोफिलिया' को समस्या रहेको पहिचान भएको जानकारी ढुँगेलले दिए । पाँचथर घर भएका २९ वर्षीय ढुँगेल आफै 'हेमोफिलिया' पीडित हुन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]