• असार १, २०७६
  • जुनकिरी खबर

इलाईट सिनेमा इटहरीले टुके र थ्रिडी सुबिधा ल्याउदै

alt

इटहरीस्थित इलाईट सिनेमा हलले आफ्नो पहिलो बार्षिक उत्सव मनाएको छ । स्थापनादेखि निकै चलेको हलले आफ्नो पहिलो बार्षिक उत्सव संञ्चारकर्मीसँग अन्तकृया गरी मनाएको हो ।

एक कार्यक्रमको आयोजना गरी हलका म्यानेजर नवराज केसीले हलको थप सेवा सुबिधाका लागी संञ्चारकर्मीसँग राय सुझाप लिएका थिए । साथै बार्षिक उत्सवको अवसरमा केसीले केही महिना भित्र टुके र थ्रिडि सुबिधाको समेत हल संञ्चालन गर्ने तयारी भएको जानकारी दिए । दुवै सुबिधाको हल संञ्चालन भएपछि अग्रेजी चलाचित्र समेत प्रर्दशन गर्ने तयारी भएको उनले बताए ।

बार्षिक उत्सवको अवसरमा हलले सदस्यता कार्डको व्यवस्था गर्ने योजना रहेको केसीले जानकारी दिए । साथै ७० बर्ष उमेरमाथिका दर्शकहरुलाई कुनैपनि चलचित्र हेर्न निशुल्क सुबिधा दिइएको बताए । हल संञ्चालन भएपछि छिमेकी देश भारत, दमक, बिराटनगर, धरान, इनरुवा लगायतका ठाँउहरुबाट दर्शनहरुको राम्रो उपस्थिति हुने गरेको बताउदै म्यानेजर केसीले दर्शकहरुको थप सुबिधाको लागी हलमा अन्य धेरै योजना ल्याउने तयारी भएको उनले बताए ।

इलाईट सिनेमा इटहरीको एकमात्र पारकिङ सुबिधा भएको हल रहेको केसीले दाबी गरे ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]