• असोज १, २०७६
  • जुनकिरी खबर

बढ्यो शान्ति सैनिकको तलब

alt

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा मंगलबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता ९ देखि ८५ अमेरिकी डलरसम्म बढाएको छ ।

तल्लो तहका सैनिकको अधिकतम ८५ बढ्दा अधिकृत तहका शान्ति सैनिकको न्यनूतम ९ डलरसम्म बढेको छ ।

शान्ति मिसनमा सहभागी फौजका सबै दर्जाको मासिक भत्तामा समान २२ प्रतिशत रकम सैनिक कल्याणकारी कोषमा कट्टा हुने गरी भत्ता वृद्धि भएको हो । भत्ता वृद्धिले कोषलाई वार्षिक ४६ करोड ३० लाखभन्दा बढी रकम व्ययभार थपिनेछ । पल्टनसहित मिलिट्री एडभाइजर, स्टाफ अधिकृतलगायत नेपाली शान्ति सेनाबाट वार्षिक करिब ११ अर्ब रुपैयाँ बराबरको अमेरिकी डलर भित्रिने गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]