• असोज १, २०७६
  • जुनकिरी खबर

संखुवासभाबाट धरान जाँदै गरेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

alt

खांदबारीबाट धरान जाँदै गरेको जीप गएराति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार राति १० बजेको समयमा बिरामी बोकेर धरान जानेक्रममा को १ ज ३७४९ नम्बरको जीप अक्करको भिरबाट अरुण नदीमा खसेको हो ।

अक्कर भिर संखुवासभाकै धर्मदेवी नगरपालिका वडा ८ मा पर्दछ । निरन्तर बर्षाका कारण कच्ची सडकमा हिलो भएकाले जीप चिप्लिएर नदीमा झरेको हुनसक्ने संखुवासभाका डिएसपी मिम लामाले बाताए ।

दुर्घटना लगत्तै खाँदबारीबाट परिचालित प्रहरी घटनास्थल पुगेपनि उद्धार हुन सकेको छैन । निरन्तर पानी पर्दा खोलामा बढी आइरहेकाले उद्धारमा समस्या भएको संखुवासभा उनले बताए ।

जीपमा जम्मा ६ जना सवार रहेको खुलेपनि को को थिए भन्नेबारे खुल्न नसेको डिएसपी लामाले जानकारी दिएका छन् । अहिलेपनि उद्धार कार्य जारी रहेको उनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]