• असोज १, २०७६
  • जुनकिरी खबर

धरान–भेडेटार सडक खण्डमा बाढीका कारण १५ विस्थापित

alt

लगातारको वर्षापछि आएको बाढीले कटान गर्दा कोशी हाइवेको धरान–भेडेटार सडक खण्डमा रहेको एक घर बगेको छ । स्थानीय भक्तबहादुर राईले सञ्चालन गरेको होटलसँगैको ६ वटा कटेज बगेको हो । पहिरोका कारण अन्य चार घर पनि उच्च जोखिममा परेका छन् । 

जग्गा धनी समेत रहेका स्थानीय गोपाल राईले भने, ‘जमिन धसिएर भक्तबहादुरको होटल र घर बग्यो। अर्जुन राई, उत्तर कुमारी राई, सन्तोष राई र पुजा राईको घर तथा होटल जोखिमा परेका छन्।’ करिब डेढ करोड रुपैयाँ बराबरको भौतिक सम्पति क्षति भएको राईले बताए।

यसैबीच लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढेपछि बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुको तिलिया बस्तीका १५परिवार विस्थापित भएका छन्। वडा सदस्य श्याम लिम्बुका अनुसार कोशी कटान नजिकै आएकाले बगाउनुभन्दा अगाडि आफ्नो घर भत्काउँदै सुरक्षित क्षेत्रमा सर्न थालेका छन्।


उनका अनुसार तेजबहादुर विक, देवकुमार राई, रामकुमार राई, अमृता राई, पदम राई, आशबहादुर माझी, रामदली चौधरी, कुमार राई, धनकुमारी राई, बाझहाङ लिम्बु, वीरबल राई, तारु चौधरी, प्रमोद झा, प्रभुनाथ माझीलगायत विस्थापित भएका हुन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]