• असोज २, २०७६
  • जुनकिरी खबर

भीभीआइपी चढ्ने डेढ अर्बको हेलिकोप्टर काठमाडौंमा

alt

भीभीआईपीका लागि खरिद गरिएको महंगो र अत्याधुनिक नयाँ  हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको छ। सरकारले नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर १८ दिनपछि काठमाडौं आइपुगेको हो। १४ मिलियन युरो (करिब डेढ अर्ब) मूल्यको उक्त हेलिकप्टर सेप्टेम्बर २ मा इटलीबाट उडेको थियो। 

राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि प्रयोग गरिने उक्त हेलिकोप्टर सेनामार्फत संचालन हुनेछ। यसलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ अड्डा ११ बाहिनीमा राखिएको छ। 

दिउँसो १२ बजेर ५३  मिनेटमा त्रिभुवन विमानस्थलमा ओर्लिएको उक्त हेलिकोप्टर ४६‍ घन्टा उडेर काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अन्‍नपूर्ण अनलाइनसँग जानकारी दिए।

इटालीमा बनेको उक्त हेलिकोप्टरमा अत्यधुनिक सुविधानसम्पन्‍न सिट छन्। भाइब्रेशनन र साउण्डप्रुफ सुविधा रहेको उक्त हेलिकोप्टर पहिलोपटक नेपालमा ल्याइएको हो। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]