• असोज ३, २०७६
  • जुनकिरी खबर

७० वर्षको अन्तरालमा ७ संविधान, यस्तो छ नेपाली संविधानको इतिहास

alt

कुनै पनि देशको मूल कानुन नै संविधान हो । संविधान निर्माण प्रक्रिया हरेक देशका आफ्नै मान्यतामा हुने गर्दछ । नेपालमा ७० वर्षको अन्तरालमा ७ वटा संविधान जारी भए । राणाकाल, पञ्चायतीकाल, बहुदलीय व्यवस्था र गणतन्त्रात्मक शासन व्यवस्थासमेत गरी ४ वटा शासन व्यवस्थामा ५ वटा संविधान जारी भए भने बाँकी २ संविधान संक्रमणकालको व्यवस्थापन गर्न जारी गरिए ।

हरेक संविधानका आफ्नै विशेषता कायम भए । २००४ सालमा तत्कालिन राणा प्रधानमन्त्री पद्म शमशेरले नेपालको पहिलो लिखित संविधान ‘नेपाल सरकार वैधानिक कानुन २००४’ जारी गरेका थिए । जसमा ६ भाग, ६८ धारा र १ अनुसूची थिए भने शासन अधिकार श्री ३ मा रहने व्यवस्था थियो । यो वैधानिक कानुन जारी भयो, तर लागू भएन । यसले राणा शासनलाई पनि टिकाउन सकेन ।

२००७ साल फागुन ७ गते प्रजातन्त्र घोषणा भएपछि तत्कालिन राजा त्रिभुवनले २००७ साल चैत २९ गते ‘नेपालको अन्तरिम शासन संविधान, २००७’ घोषणा गरे । ७ भाग, ७३ धारा, १ अनुसूची रहेको यो संविधानले राणा शासनको अन्त्य गर्दै राणाहरूमा भएको अधिकारलाई शाहहरूमा ल्याएको थियो ।

त्यसपछि २०१५ सालको आमनिर्वाचनपछि फागुन १ गते तत्कालीन राजा महेन्द्रले नेपाल अधिराज्यको संविधान, २०१५ जारी गरेका थिए । यही संविधान बमोजिम संसदीय निर्वाचन भई विश्वेश्वरप्रसाद कोइराला देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका थिए । राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्रीलाई पदच्युत गरि २०१७ सालबाट निर्दलीय शासनको सुरुवात गरे । उनैले २०१९ साल पुस १ गते नेपालको संविधान, २०१९ जारी गरे । सार्वभौमसत्ता र कार्यकारिणी अधिकार दुवै राजामा निहित गरिएको यो संविधानले एकतन्त्रीय पञ्चायती व्यवस्था र सक्रिय राजतन्त्रको व्यवस्था ग¥यो । नेपालको इतिहासमा यो संविधान हालसम्मको लामो समय अर्थात् २७ वर्ष चलेको थियो ।

२०४६ सालको बहुदलीय शासन व्यवस्थाको माग गर्दै भएको जनआन्दोलनबाट नेपालमा बहुदलीय व्यवस्थाको सुरुवात भयो । तत्कालिन राजा वीरेन्द्रले २०४७ साल कात्तिक २३ मा नेपाल अधिराज्यको संविधान २०४७ जारी गरे ।

यसपछि राजतन्त्रको अन्त्य गर्दै २०६३ साल माघ १ गते नेपालको अन्तरिम संविधान, २०६३ जारी भयो । लोकतान्त्रिक शासन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र कानुनी राज्यव्यवस्था यस संविधानका मूख्य विशेषता थिए ।

यो क्रमसँगै नेपालको संविधानसभाले २०७२ साल असोज ३ मा नेपालको संविधान २०७२ जारी ग¥यो । स्पष्ट मौलिक हकको व्यवस्था गरिएको यो संविधानमा ३ तहको राज्य संरचना तोकिएको छ । अहिले लागू भईरहेको यो संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसूची छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]