• असोज ४, २०७६
  • जुनकिरी खबर

वैज्ञानिकहरुले जन्माए डेंगु प्रतिरोधी लामखुट्टे,

alt

यो वर्ष दक्षिण एसिया मात्र होइन दक्षिण पूर्वी एशियाका फिलिपिन्स, भियतनाम, म्यानमार र कम्बोडियामा डेंगुको कारा भयावह स्थिति देखियो । 

नेपालमै पनि हजारौं मानिस यो रोगका कारण प्रभावित भएका छन् । विशेषज्ञहरुले डेंगुको यस सक्रमणको लागि बढ्दो विश्वव्यापि तापक्रम र र सुरक्षाको प्रयाप्त उपाय नहुँनुलाई जिम्मेबार ठहराएका छन् । 

यसबीच, वैज्ञानिकको एक समुहले डेंगु नियन्त्रण गर्नको लागि डेंगु–प्रतिरोधी लामखुट्टे जन्माउने अनुसन्धान गरिरहेका छन् । यसबाट यो रोगसँग लड्न सकिने आसा व्यक्त गरिएको छ । 

परिक्षणस्वरुप यस्ता लामखुट्टेलाई ९ देशमा छाडिसकेको छ । परिक्षणबाट राम्रो परिणाम पनि सार्वजनिक भएको छ । 

लामखुट्टेले फैलाउने रोगहरुको निदानको लागि वैज्ञानिकहरुले वल्ड मस्क्यिुटो प्रोग्राम(विश्व लामखुट्टे कार्यक्रम ) नै संचालन गरेका छन् । 

डेंगु फैलाउन जिम्मेबार एडिज प्रजातिका भाले र पोथीलाई जंगलमा छाड्नु अघि तिनलाई भोल्बाचियाबाट संक्रमित गरिन्छ । 

त्यसपछि ती दुई लामखुट्टेको मिलनबाट भोल्बाचिया ब्याक्टेरिया संक्रमित लामखुट्टे पैदा हुनेछन् । जसले रोग प्रतिरोधीको रुपमा काम गर्नेछ । यसले डेंगु मात्र होइन लामखुट्टेले फैलाउने अन्य रोगहरु जिका, एल्लो फिभरजस्ता रोगहरु लाग्नबाट पनि बचाउँनेछ । 

यसको पहिलो पटक परिक्षण उत्तरी अष्ट्रेलियामा गरिएको थियो । भियतनाममा विश्व लामखुट्टे कार्यक्रम परियोजना संयोजक गुएन बिन्ह गुयेनले भोल्बाचिया ब्याक्टेरिया संक्रमित लामखुट्टे छोडेपछि डेंगु रोगमा कमी आएको बताए ।  

गुएनको समूहले दक्षिणी भियतनामका डेंगु प्रभावित जिल्ला विन्ह लुओंगमा करिब डेढ लाख भोल्बाचिया ब्याक्टेरिया संक्रमित लामखुट्टे छोडेको बताए । संक्रमित लामखुट्टे छाडेपछि त्यस क्षेत्रमा डेंगु रोगमा ८६ प्रतिशत कमी आएको थियो ।

विश्व स्वास्थ संगठनको रिपोर्ट अनुसार यो वर्ष दक्षिण–पूर्व एशिया क्षेत्रमा डेंगूका ६ लाख ७० हजार विरामी देखिए । त्यसमध्य १८ सय मानिसको मृत्यु भइसकेको छ । 

नेपालमा पनि यो वर्षको गर्मीमात्रै डेंगुबाट हजारौं प्रभावित भए । त्यस्तै रोगका कारण ६ जना भन्दा बढीको मृत्यु  भएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]