• असोज ५, २०७६
  • जुनकिरी खबर

बेसहाराका लागि आश्रयस्थल ‘माया घर’

alt

इटहरी २ मा रहेको ‘माया घर नेपाल’ बेसहाराका लागि आश्रयस्थल बनेको छ । सडकमा अलपत्र परेका मानसिक रोगी महिलालाई पुन:स्थापित गर्ने उद्देश्यले माया घर स्थापना भएको हो । 

पछिल्लो समय आफन्त गुमाएका व्यक्तिलाई समेत संस्थाले आश्रय दिँदै आएको छ । दुई जना मानसिक महिला रोगीलाई कोठा भाडामा आश्रय दिएर संस्थाको थालनी गरिएको थियो । संस्थामा हाल ३२ जनाले आश्रय पाएका छन् । गत वर्ष सात दिने पुराण लगाउँदा स्थानीय तथा समाजिक संस्थाले माया घर नेपालका.लागि सात कठ्ठा जग्गा उपलब्ध गराएका थिए । संस्थाले थप तीन कठ्ठा जग्गा खरिद गरेर माया घर स्थापना गरिएको संस्थाकी सचिव सुभद्रा प्याकुरेलले बताइन् ।

आफन्त नभएका मानसिक रोगी महिलाको उपचार गर्ने संस्था नहुँदा अन्यत्र पठाउनुपर्ने अवस्था थियो । सोही समस्यालाई थोरै भए पनि समाधान गर्ने लक्ष्यका साथ पुराणवाचिका राधिका दासी तथा अगुवा महिलाको नेतृत्वमा संस्थाको सुरुवात भएको छ । संस्थाको पाँच कोठाको भवन छ । ज्येष्ठ नागरिक, सुत्केरी महिला, बालबालिकालाई भौतिक संरचना अभावको बाबजुद आश्रय दिइरहेका छन् । संस्थामा हाल भवनभन्दा बाहिर राखेर समेत आश्रय दिइरहेका छन् ।

पानी पर्दा र ठूलो हावाहुरी आउँदा संस्थाको कार्यालयमा आवासको व्यवस्था गरिँदै आएको छ । ‘ज्येष्ठ नागरिकदेखि सुत्केरी महिला माया घरमा हुनुन्छ,’ सचिव प्याकुरेलले भनिन्, ‘तर भवनको अभावमा व्यवस्थित तरिकाले राख्न सकिएको छैन ।’ मानसिक रोगीको उपचार खर्च, औषधि, दैनिक उपभोग्य वस्तुका लागि सहयोगी दाताहरू र समितिका पदाधिकारीको भरमा चलेको छ । स्थानीयबाट संस्था सञ्चालनका लागि सहयोगी हातहरू जुटेका छन् ।

कान्तिपुरबाट साभार

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]