• असार २, २०७६
  • जुनकिरी खबर

लोकसेवाको विज्ञापनविरुद्ध आन्दोलनको चेतावनी

alt

काठमाडौं । स्थानीय तहका लागि सामान्य प्रशासन मन्त्रालयले ९१६१ कर्मचारी भर्ना गर्न लोकसेवा आयोगलाई पत्राचार गरेपछि आयोगले खुलाएको विज्ञापन विवादित बनिरहेको छ । यही सिलसिलामा विभिन्न ७ वटा सामुदायिक संगठनहरुले आन्दोलनको तयारी गरेका छन् । उनीहरुको मागबारे सोमबार बिहान नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवगत गराएका छन् ।

स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको र आरक्षणको कोटा घटाएर खुल्लातर्फको सीटमा बढी पारिएको गुनासो आदिवासी जनजाति महासंघ लगायतका संघ संगठनहरुले गर्दै आएका छन् । मधेस केन्दि्रत दलहरुले समेत लोकसेवाको विज्ञापन समावेशी सिद्धान्तको विपरीत भएको आरोप लगाइरहेका छन् ।

संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगलाई विज्ञापनको प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ । तर, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संसदीय समितिले लोकसेवा जस्तो संवैधानिक निकायलाई निर्देशन दिन नमिल्ने भन्दै विज्ञापनको बचाऊ गरेका छन् । लोकसेवाको विज्ञापनसम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा समेत प्रवेश गरिसकेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]