• असोज ५, २०७६
  • जुनकिरी खबर

सुनसरीबाट प्रचण्डले गरे रेशम चौधरी छुट्ने संकेत

alt

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार वर्षअघि भएको टिकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएका छन। उनले मुद्दा खारेज गर्ने विषयमा पार्टी भित्र सैद्दान्तिक निर्णय भइसकेको समेत खुलासा गरे।

‘टीकापुर घटनाको बिषयमा निर्णय कार्यान्वयनको चरणमा छ,’ अध्यक्ष दाहालले सुनसरीको झुम्कामा आइतबार जितिया पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने, ‘यो घटनामा संलग्न जनमत पाएर निर्वाचित सांसदलाई स–सम्मान राजनीतिमा ल्याउने वातावरण बनाइनेछ।’

थारु कल्यणकारिणी सभा सुनसरीद्दारा आयोजित जितिया महोत्सवमा बोल्ने  थारु अगुवाले सांसद रेशम चौधरी जेलमा बस्नु परेकोमा विरोध गरेका थिए। कार्यक्रमका प्रमुख अथिति दाहालले जनताबाट निर्वाचित सांसद स–सम्मान जेलमुक्त हुने आश्वासन दिए। कैलाली क्षेत्र नं. १ बाट रेशम चौधरीले चुनाव जितेका हुन्। उनलाई टीकापुर घटनामा जन्मकैदको सजाय सुनाइएको छ। उनी जेलमा रहदा सपथ लिएका थिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]