• असोज ७, २०७६
  • जुनकिरी खबर

‘स्क्रब टाइफस’को जोखिम बढ्दै, यी हुन् लक्षण

alt

सन् १९३० मा जापानमा पहिलोपटक देखापरेको ‘स्क्रब टाइफस’ नेपालमा पनि देखिन थालेको छ ।

मुसामा पाइने किर्नाको टोकाइबाट सर्ने यो रोग २०७२ सालको भूकम्पपछि वर्षेनि नेपालमा देखापर्न थालेको चिकित्सकहरुले बताएका छन् ।

यसै वर्षमात्रै सरुवारोग केन्द्रले २३ जना स्क्रब टाइफसका बिरामीको उपचार गरेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग नियन्त्रणमा आउन थालेको समयमा पुनः नयाँ रोग स्क्रब टाइफसको समस्या बढ्दै गएको छ ।

वर्षायाम सुरु भएसँगै देखिएको स्क्रब टाइफसबाट हालसम्म ६९५ व्यक्ति प्रभावित भएका छन् ।

मुसामा पाइने एक प्रकारको किर्नाको टोकाइबाट सर्ने स्क्रब टाइफस सबैभन्दा धेरै प्रदेश नम्बर–५ मा देखापरेको छ । त्यहाँ २३७ जनामा यो रोग देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा १५५ जना व्यक्ति प्रभावित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले मुसा र झाडी बढी भएको ठाउमा यस किसिमका किर्ना भेटिने हुँदा खेतबारीमा काम गर्ने र जंगल जाने मानिसहरु बढी जोखिममा रहेको जानकारी दिए ।

किर्नाले टोकेको ७ देखि १४ दिनपछि यो रोगको लक्षण देखापर्न थाल्छ । यो रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, पखाला लाग्नेलगायतका लक्षण देखापर्ने डा. लालले जानकारी दिए ।

समयमा नै उपचार नभए यस रोगको व्याक्टेरिया रगतमा प्रवेश गरी मिर्गौला, फोक्सो, र कलेजोमा समस्या देखापरी बिरामीको मृत्यु नै हुने चिकित्सकहरु बताउँछन् ।

तर, लक्षण देखापर्नासाथ उपचार गरे यो रोग पूर्णरुपमा निको हुने डा. लालले जानकारी दिए ।

अन्न भन्डार गर्ने ठाउँमा मुसा लाग्ने समस्या नियन्त्रण गर्ने, घरमा मुसा लाग्न नदिने र व्यक्ति आफैं सचेत हुने हो भने यो रोग नियन्त्रण गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]