• असोज ९, २०७६
  • जुनकिरी खबर

डेंगुभन्दा घातक स्क्रब टाइफस संक्रमितको संख्यामा बृद्धि

alt

डेंगुभन्दा घातक रोग स्क्रब टाइफस संक्रमितको संख्या बढेको छ । शुक्रराज अस्पतालमा मात्रै बैशाखदेखि साउनसम्म ४० जनालाई स्क्रब–टाइफस प्रमाणित भएको छ । त्यसमध्ये २३ जना संक्रमित अस्पताल नै भर्ना भएर उपचाररत् छन् । यो संक्रमणका कारण हालसम्म ४ जनाको मृत्यु समेत भएको छ ।

स्क्रब टाइफस संक्रमण माइट अर्थात किर्नाको टोकाइबाट लाग्ने रोग हो । किर्ना विभिन्न जनावरमा देखिने भए पनि मुसामा बढी पाइन्छ । यो परजीवीलाई रिकेटसिया सुसुगामुसी भनेर चिनिन्छ चिकित्सकका अनुसार नेपालमा मुसाबाट यो रोग सारेको पाइएको छ ।

झाडीमा बस्ने मुसाको कानमा पाइने ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जाँदा ‘माइट’ ले मानिसलाई टोकेपछि स्क्रब टाइफसको संक्रमण हुने गर्छ ।

सरकारी तथ्यांक अनुसार हाल स्क्रब टाइफस सबैभन्दा बढी प्रदेश नम्बर ५ मा देखिएको छ । त्यसपछि प्रदेश नम्बर ३ र सुदरपश्चिममा गरी ६१ जिल्लामा यो रोग देखिएको छ ।

उच्च ज्वरो आउनु, अत्यधिक टाउको दुख्नु, श्वास–प्रश्वासमा अबरोध महसुस हुनु, कान बन्द भए जस्तो हुनु, शरीरमा दाग घाउको कालो पाप्रो देखिनु वा खटिरा देखिनु स्क्रब टाइफस रोगको लक्षण हुन् ।

स्क्रब टाइफसले विशेष गरी श्वास–प्रश्वास नली मृगौंला, कलेजो, मस्तिष्कमा असर गर्छ । यो रोगबाट बच्न शरीर ढाकिने कपडा लगाउने बारी वा चौरमा बस्दा गुन्द्री ओछ्याएर बस्ने गर्नु पर्छ ।


सन् २००४ मा पाटन अस्पतालले गरेको एक अनुसधानमा स्क्रब टाइफस नेपालमा पनि फैलिएको पत्ता लागेको थियो । सन २०१५ मा धरानमा एकै पटक ८ जनाको मृत्यु भएपछि स्कब टाइफस संक्रमणले भएको पृष्टि भयो । सन् २०१५ यता बर्षेनी यो रोगको संक्रमित बढेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]