• असोज ९, २०७६
  • जुनकिरी खबर

प्रदेश १ सरकारको बजेट अधिवेशन सकियो, १४ वटा विधेयक पारित

alt

प्रदेश नम्बर १ को प्रदेश सभाको बजेट अधिवेशन बुधबार सकिएको छ । करिब चार महिना अवधिभर संचालन भएको चौँथो अधिवेशन कानुन निर्माणका दृष्टिले भने उल्लेखनीय रहन सफल भयो ।

१४ वटा विधेयक पारित गर्दै १ नम्बर प्रदेश सभाको बर्षे अर्थात बजेट अधिवेशन बुधबारबाट अन्त्य भएको छ ।

यस अवधिभर महत्वपूर्ण १४ वटा विधेयक पारित भएसँगै प्रदेश १ ले अहिलेसम्म कूल ४३ वटा विधेयक पािरत गरिसकेको छ ।

जसमध्ये प्रदेश लोक सेवा आयोग, जाँचबुझ तथा अनुसन्धान आयोग, गाउँसभा तथा नगरसभा सञ्चालनलगायतका महत्वपूर्ण विधेयक रहेका छन् ।

कानुन निर्माणका दृष्टिले चौँथो अधिवेशनलाई पनि महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सभाबाट पारित विधेयक र तिनको कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने धारणा राखे ।

अधिकांश विधेयक सहमतिको पारित गरे पनि मनोमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक बहुमतको बलमा पारित गरेपछि सत्ता र प्रतिपक्ष सांसदबीचमा केही कटुता उत्पन्न भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले प्रतिबद्धता जनाएनअनुरुप सहकार्य गर्ने लक्षण नदेखाएको आरोप लगाए ।

प्रदेश सरकार गठन भएको २ वर्ष पुग्न लागिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको र प्रदेशको नामाकरणको विषय पनि थाती राखिएको भन्दै आलोचना भइरहेको छ ।

प्रदेश १ को प्रदेशसभाले चौँथो अधिवेशनसम्म आइपुग्दा निर्माण गरिएका ४३ वटा कानूनमध्ये ३९  वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भई कानुनको रुप लिइसकेका छन् । प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २२ गते बसेको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]