• जेठ १, २०७६
  • जुनकिरी खबर

प्रचारमुखी सरकारः डाक्टर महत

alt

इटहरी/ नेपाली काग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डाक्टर रामसरण महतले सरकार प्रचारमुखी मात्र भएको बताएका छन । काम भन्दा पनि सरकार प्रचारमा ब्यस्त भएको भन्दै नेता महतले सरकारको आलोचना गरेका हुन ।

प्रेस युनियन सुनसरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डाक्टर महतले ओली सरकार अहिले सम्मकै काम नलाग्ने सरकार भएको टिप्पणी गरेका थिए । देशमा सिन्को भाची विकासको काम नभएको भन्दै अहिले सकार प्रचारमा मात्र लागेको बताएका हुन । प्रेस स्वतन्त्रताको विषयमा सरकार चुकेको भन्दै संसदमा अवरोध गर्ने सम्म चेतावनी दिए ।

काग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामकुमार यादबले ओली सरकारका कारण जनता हैरान भएको बताए । देशमा दण्डहिनता बढ्दै गएको आरोप लगाउँदै पत्रकारहरुको अधिकार समेत कुण्ठित गरेको उनको भनाई थियो । सबै क्षेत्रलाई निराश बनाएर अघि बढ्न खोजेको भन्दै प्रेस काउन्सिल विधेयक फिर्ता गर्ने माग समेत गरे ।

पूर्व संसद तथा काग्रेस नेता रामहरि खवितडाले सरकारले पत्रकारहरुलाई बन्देज लगाउँने कामको कडा विरोध गर्ने बताएका छन । सरकारको नकरात्मक कामको पत्रकारहरुले समाचार लेखेको इगो साध्न काउन्सिल विधेयक ल्याएको खतिवडाको आरोप छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]