• असार ४, २०७६
  • जुनकिरी खबर

डेंगु परीक्षणको नाममा पूर्वका अस्पतालले मच्चाए लुट

alt

डेंगुको प्रकोपका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बिरामीको चाप बढेपछि निजी अस्पताल तथा क्लिनिकहरूले परीक्षणको नाममा लुट मच्चाइरहेका छन्।

बिपी प्रतिष्ठानमा डेंगुको परीक्षण निःशुल्क भए पनि अत्यधिक चापले गर्दा बिरामीहरू बाहिर निजी क्लिनक तथा ल्याबतिर परीक्षण गर्न धाइरहेका छन्। निजी क्लिनिकहरूले यही मौकामा मनपरी शुल्क असुल गरिरहेको पाइएको छ। धरानलाई प्रकोप क्षेत्र घोषणा गरिएपछि प्रदेश सरकारले डेंगुका बिरामीको निःशुल्क उपचारको लागि बजेट विनियोजन गरेको थियो। भेन्टिलेटर खरिद र नियन्त्रण अभियानसमेतलाई प्रदेश सरकारले ८० लाख रुपैयाँ विनियोजना गरे पनि सर्वसाधारणहरू भने निजी ल्याबमा चर्को शुल्क तिर्न बाध्य छन्। उनीहरूले निःशुल्क उपचार होइन, डेंगु परीक्षणको नाममा ठगिनु परिरहेको छ।

बिपी प्रतिष्ठानमा एक रुपैयाँमा डेंगु टेस्ट (परीक्षण) उपलब्ध छ। यही टेस्ट बाहिरका निजी क्लिनिकहरूले एक हजार चार सय रुपैयाँदेखि दुई हजार पाँच सय रुपैयाँसम्म लिइरहेका छन्। सर्वसाधारण बिरामी भने प्रतिष्ठानमा निःशुल्क भए पनि परीक्षण गराउन अत्यन्तै झन्झट हुने भएकाले बाहिर निजी क्लिनिकमा धाउन बाध्य भएको बताउँछन्।

जथाभावी शुल्क लिनेलाई कारबाही गर्न निर्देशन

डेंगु टेस्ट–किटमा जथाभावी शुल्क लिइरहेको विषयमा संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा उजुरी परेको छ। उजुरी आएपछि मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले विज्ञप्ति जारी गर्दै करिब चार सय रुपैयाँ पर्ने टेस्ट–किटलाई परीक्षणको नाममा पूर्वका केही अस्पताल र मेडिकल कलेजहरूले एक हजार आठ सयदेखि दुई हजार चार सय रुपैयाँसम्म शुल्क असुल गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा टेस्ट–किटको पर्ने मूल्यभन्दा बढी रकम लिएको पाइएमा कालोबजारीको कसुरमा कारबाही गर्ने उल्लेख छ भने सुपथ मूल्यमा टेस्ट–किट उपलब्ध गराउन पनि सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]