• असोज १०, २०७६
  • जुनकिरी खबर

कोसी कटानपीडित : दसैं आयो, रोकियो आन्दोलन

alt

क्षतिपूर्ति र मुआब्जा माग गर्दै सुनसरी, उदयपुर र सप्तरीका कोसी कटान डुबान पीडितले ४० औं दिनमा रिले अनशन स्थगित गर्ने निर्णय गरेका छन्  । दसैं, तिहार र छठ पर्व नजिकिएकाले आन्दोलन स्थगित गर्नुपरेको कोसी कटान डुबान संघर्ष समितिका सचिव काशिम अन्सारीले बताए  ।

पीडितहरूले कोसी नदी कटान डुबान पीडित सङ्घर्ष समिति गठन गरेर नेपाल र भारत सरकारको ध्यानाकर्षण गर्न ब्यारेजमा भदौ ३२ गतेदेखि रिले अनशन बसेका थिए । सचिव अन्सारीले भने, ‘नेपालीहरूले मनाउने दसैं, तिहार र छठ जस्ता चाडबाडलाई मध्यनजर गर्दै रिले अनशन स्थगित गरेका हौं ।’

अन्सारीले विराटनगरस्थित सम्पर्क तथा भूआर्जन कार्यालयका अधिकृत सन्तोष लिम्बूले कोसी पीडितको माग र रिले अनशनको जानकारी नेपाल सरकारलाई दिएको र भारतीय सरकारसँग कुरा गरेर समस्या समाधान गर्ने संकेत मिलेको आश्वासन दिएकाले पनि छठ पर्वसम्मलाई स्थगित गर्नुपरेको बताए । उनले भने, ‘छठ पर्व सकिए लगत्तै तीनवटै जिल्लाका कोसी पीडत एकीकृत भएर फेरि सशक्त आन्दोलन गर्ने निर्णय गर्ने छौं । रिले अनशन बिहीबार बिहान ८ बजे औपचारिक रूपमा स्थगित गरेका छौं ।’

०११ साल वैशाख १३ गते (सन् १९५४ अप्रिल २५) नेपाल र भारतबीच कोसी सम्झौता भएको थियो । सोही सम्झौताअनुसार कोसी भीमनगरमा ब्यारेज निर्माण भएको थियो । सचिव काशिम अन्सारीले भने, ‘ब्यारेज निर्माणपछि कटान र डुबान भएका पीडितलाई कोसी सम्झौतामा भएको प्रावधान अनुसार डुबान क्षेत्रमा रहेको जग्गाको क्षतिपूर्ति र मुआब्जा मात्र माग्दै रिले अनशन गरेका हौं ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]