• असोज १२, २०७६
  • जुनकिरी खबर

पूर्वी नाकाबाट पटका तस्करी

alt

संगठित गिरोहले तिहारका लागि दसैं अघिदेखि नै पटकाको तस्करी सुरु गरेको छ । प्रतिबन्धित पटका (विस्फोटक पदार्थ) को बिक्री–वितरण कानुनतः अवैध मानिन्छ । तर, अनेक उपाय जिल्ला प्रहरी कार्यालयको टोलीले बिहीबार भित्र्याएको पटका मेचीनगर र कनकाई नगर क्षेत्रबाट बरामद गरेको छ । 

प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बिहीबार मेचीनगर ६ स्थित तुर्केनी क्षेत्रवाट भित्र्याइएको अन्दाजी १ लाख बराबरको पदार्थ प्रहरीले बरामद गरेको हो । त्यसैगरी कनकाई ५ स्थित सुरुङगा बजारबाट ७० हजार मूल्य बराबरको २९ बण्डल पटका बरामद गरी नष्ट गर्न सुरु गरिएको छ ।

तस्करले नकलबन्दा, बाहुनडाँगी, भद्रपुर गौरीगन्ज, केचनालगायत खुला नाकाबाट पटका तस्करी गर्ने गरेको खुलेको छ । तस्करी गरी भित्र्याइएको पटका यात्रु बसमा राखेर गन्तव्यमा पुर्‍याइने गरिन्छ ।

बिहीबार बिहान १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १७१२ नम्बर यात्रुवाहक बसबाट पटका बरामद गरिएको थियो । झापा प्रहरीले अवैध पटका भित्रन नदिन नाकामा निगरानी गरेको जनाएको छ । अन्य नाका प्रयोग गरेर तस्करी हुने क्रम सुरु भएको छ ।

भारतसँग करिब १ सय १८ किलो मिटर क्षेत्र खुला छ । झापासँग जोडिएको पश्चिम बंगाल र विहारका विभिन्न सहरबाट पटकका नेपाल भित्र्याइने गरिएको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]