• असोज १२, २०७६
  • जुनकिरी खबर

बीपी प्रतिस्ठानमा आत्महत्या गरेकी अज्जनाको अनुसन्धान गर्न माग

alt

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिएस्सी नर्सिङ पहिलो वर्ष अध्ययनरत अञ्जना देवले आत्महत्या गर्नु केही मिनेटअघि एक युवकसँग मोबाइलमा कुरा गरेको ‘कल डिटेल’ मा पाइएको छ ।

अञ्जना भदौ ३१ गते बिहान प्रतिष्ठानकै छात्राबासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । कल डिटेलमा ठेगाना नखुलेका सिद्धार्थ शर्मासँग पटक–पटक फोन सम्पर्क भएको देखिएपछि मृतकका बाबु रविन्द्रकुमार देव र काका शैलेन्द्रकुमार देवले आत्महत्या दुरुत्साहन कानुन अनुसार दोषी भए कारबाही गर्न माग गरेका छन् ।

 

इलाका प्रहरी कार्यालयमा उनीहरूले शर्माको फोटो बुझाएका छन् । छोरीसँग मोबाइलमा पटकपटक बोलेको र मृत्युभन्दा केही अघिमात्र पनि कुराकानी भएकाले वास्तविक र निष्पक्ष अनुसन्धान गर्न प्रहरीमा अनुरोध गरेको मृतकका बाबु रविन्द्रले बताए । ‘कल डिटेलको आधारमा शंकास्पद व्यक्तिलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरिरहेको छ,’ उनले भने, ‘अञ्जनाले पंखामा सल बाँधेर आत्महत्या गरेको प्रहरीको भनाइ छ तर हामीलाई कुनै प्रमाण देखाएका छैनन् ।’


पीडित पक्षले घटनाको ७२ घण्टाभित्र पोस्टमार्टम रिपोर्ट सार्वजनिक नगरेपछि विराटनगरबाट प्रतिष्ठानमा आएर फोरेन्सिक विभाग प्रमुख डा. शिवेन्द्र झालाई रिपोर्ट दिन माग गरेका थिए । तर, झाले पोस्टमार्टम रिपोर्ट प्रहरीलाई मात्रै दिने बताएको रविन्द्रले बताए । उनले घटनाको आठ दिन वितिसक्दा पनि पोष्टमार्टम रिपोर्ट सार्वजनिक नभएको, शंकास्पद युवक पक्राउ नपरेको र अनुसन्धान फितलो भएको आरोप लगाए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]