• असोज १३, २०७६
  • जुनकिरी खबर

नेपालमा ७५ लाख मुटु रोगी रहेको सरकारी तथ्यांक

alt

नेपालमा ७५ लाख जनता मुटुरोगी छन् । यो कूल जनसंख्याको २५ प्रतिशत हुन आउँछ । बदलिंदो जीवनशैली, अस्वस्थकर खानपिन नै मुटु रोगको कारण भएको चिकित्सकहरु बताउँछन् । विश्व मुटु महासंघले विश्वमा बर्षेनी १ करोड ७५ लाख मानिसहरु मुटु रोगका कारण ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ नारा सहित देशभर आइतबार विश्व मुटु दिवस मनाइएको छ । काठमाडौंका विभिन्न अस्पताल, चिकित्सासँग सम्बन्धि क्षेत्रका अगुवाहरुले मुटु रोगबारे जनचेतना मुलक कार्यक्रम आयोजना गरे भने केही अस्पतालहरुले निशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरे । अधिकांशलाई भने मुटु रोगबारे जानकारी नै छैन ।

मुटु दिवस कै अवसरमा इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्क गरिएको छ । अल्का अस्पतालले त शिविरमा स्वास्थ्य जाँच गर्न आउने मुटुका विरामीलाई दश दिनसम्म निशुल्क औषधि वितरण गर्ने घोषणा नै गरेको छ ।

छाती दुख्नु, मुटु ठुलो आवाजमा ढुकढुक हुनु, स्वाँ–स्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा मुटु रोगीको सख्या १० वर्षयता पाँच गुणाले वृद्धि भएको छ । मानिसको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तन मुटुरोगको कारण हुन् ।

मुटु रोगबाट बच्न नुनको प्रयोग घटाउने, कम वोसोयुक्त खानेकुरा सेवन गर्ने, ताजा हरियो सब्जी र फल सेवन गर्ने गर्नुपर्छ, धुम्रपान सेवन गर्ने वानी सबैभन्दा घातक हुने चिकित्सकहरु बताउँछन् । राम्ररी सुत्न सकिएन भने यसले शरीरको स्ट्रेश हर्मोन बढाउँछ र धमनीलाई वाधा पु¥याउँछ । मुटुरोगको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]