• असोज १३, २०७६
  • जुनकिरी खबर

गृह मन्त्रालयले बाँड्यो चार वर्षमा ३ अर्ब

alt

सहयोगका नाउँमा सरकारले राज्यकोषबाट जथाभावी पैसा बाँड्ने प्रवृत्तिमा रोक लगाउन नागरिक राहत–क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि ल्याइए पनि त्यसको पालना भएको छैन  । २०७२ मा कार्यविधि लागू भएयता सरकारले आर्थिक सहायता र द्वन्द्वपीडितका नाममा सरकारले करिब ३ अर्ब रुपैयाँ वितरण गरेको छ  ।

मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर गृह मन्त्रालयले राजनीतिक नेता–कार्यकर्ता, दलनिकटका संघसंस्थालगायतलाई २०७२/७३ देखि २०७५/७६ को अवधिमा २ अर्ब ९८ करोड ७६ लाख ४७ हजार ८ सय ८३ रुपैयाँ बाँडेको छ । गत साउन र भदौमा मात्रै सहायता भन्दै १ करोड ८४ लाख रुपैयाँ बाँडिएको छ ।

पछिल्ला चार वर्षमा कांग्रेस, साबिक एमाले र माओवादीसँगै वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले कानुनविपरीत पहुँचवालालाई मन्त्रिपरिषद् निर्णयका नाममा राज्यकोषको रकम बाँड्दै आएका हुन् । ‘नागरिक राहत–क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि– २०७३ (संशोधन) मा निश्चित अस्पतालमा भएका उपचारको बिल प्रमाणीकरण गरेर मात्रै सरकारले उपचार खर्च दिन सक्ने व्यवस्था छ । राज्यकोषको रकम सोझै कसैलाई पनि दिन पाइँदैन ।

तर मन्त्रिपरिषद् निर्णयका नाममा प्रधानमन्त्री, पहुँचवाला नेता, प्रभावशाली मन्त्रीका आफन्त, कार्यकर्ता र जिल्लावासीलाई रकमै तोकेर सोझै दिने गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]