• असोज १४, २०७६
  • जुनकिरी खबर

नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’

alt

भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ। चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो। तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भारतीय सेनाको गस्तीबारे आधिकारिक जानकारी नभएको बताए। ‘विकट गाउँमा प्रहरी चौकी छ, तर त्यहाँ सम्पर्क हुन गाह्रो हुन्छ,’ उनले टेलिफोनमा भने, आधिकारिक संयन्त्रबाट कुनै जानकारी आएको छैन।’

भारतीय सेनाले नेपाली बस्तीमा आएर धम्काएको, थर्काएको जानकारी नभएको विष्टको भनाइ छ। यो क्षेत्र सदरमुकामबाट धेरै टाढा छ। सन् १९६२ मा भारत–चीन युद्धको समयदेखि कालापानीस्थित नेपाली भूमिमा भारतीय सेना बसिरहेको छ। कालापानी क्षेत्रको ६२ वर्ग किलोमिटर क्षेत्र ६० वर्षदेखि भारतले कब्जा गरेको छ। कृत्रिम खोला बनाएर भारतले त्यो भूभाग आफ्नै हो भनेर दाबी गरिरहेको छ। करिब ८÷१० किलोमिटर टाढा चिनियाँ सेनाको पोस्ट् छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]