• असार ४, २०७६
  • जुनकिरी खबर

इनर्जी ड्रिंक्स र जुस आयातमा प्रतिबन्ध

alt

सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंकको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। निकासी तथा पैठारी सूचीमा हेरफेर गर्दै सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय, फ्लेभर्ड सिन्थेटिक पेय(जुस) र यस्तै प्रकारका अन्य पेयको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो।

क्याफिनयुक्त भए नभएको भनेर नापतौल तथा गुणस्तर विभागले प्रमाणिकरण गर्ने छ। यसरी उक्त तत्व भएको पाइएमा भन्सारबाटै फिर्ता गरिने छ।

सरकारले जुसको आयातमा पनि प्रतिबन्ध लगाएको छ। कुनै विशेष फलको रस भनेर आउने जुसमा निर्धारण गरिएको रस बाहेक अरु मिसाउट भए आयात प्रतिबन्ध हुने सरकारले निर्णय गरेको छ। 

म्यांगो/लिची वा अन्य कुनै रसको भनेर आउने जुसमा चिनी समेत मिसाउन नपाइने नात तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। 

सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको छ। सोहीअनुसार नयाँ नियमत ल्याएको हो।

नयाँ नियमअनुसार विदेशबाट आउने हरियो तरकारीको क्वारेन्टाइन परीक्षण अनिवार्य गरिएको छ। यसअघि नियममा व्यवस्था भएपनि लागू भएको थिएन। अवदेखि अनिवार्य गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकरी दिएको छ।

त्यस्तै विदेशबाट आउने सामानको उपभोगत मिमित ७५ प्रतिशत हुनै पर्ने भएको छ। यसअघि उत्पादन र उपभोगको अन्तिम मिति खुलाउनुपर्ने व्यवस्था थियो। यो व्यवस्था औषधिमा भने लागू हुने छैन।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]