• असोज १६, २०७६
  • जुनकिरी खबर

इनरुवाका अधिकांश मासु पसल अयोग्य

alt

इनरुवामा सञ्चालनमा रहेका अधिकांश मासु पसल अयोग्य रहेको पाइएको छ । इनरुवा नगरपालिकासहित सरोकारवाला टोलीको अनुगमनका क्रममा अधिकांश पासु पसल अयोग्य रहेको पाइएको हो ।

उपप्रमुख जमुना गौतम पोखरेलसहितको टोलीले गरेको अनुगमनका क्रममा मासु पसलहरू फोहोर र अव्यवस्थित रहेको फेला पारेको हो ।

कुखुरा र खसीको मासु एकै ठाउँमा बेच्न राखिएको, सबैजसो मासु पसलेले फ्रिज प्रयोगमा नल्याएको, झिँगा भन्केको र सरसफाइमा ध्यान नदिने गरेको भेटिएको उपप्रमुख पोखरेलले बताइन् । दर्जनबढी मासु पसलहरूमा अनुगमन गरिएको बताउँदै टोलीले गुद्रीमा सञ्चालित मासु पसल फोहोर र बढी अव्यवस्थित पाइएको जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख खाद्य निरीक्षक विक्रम लिम्बूले मासु पसलेहरूलाई सरसफाइमा ध्यान दिन सचेत गराइएको बताए । नियमित अनुगमन जारी रहने बताएका लिम्बूले चाडबाडमा स्वस्थ र ताजा मासु मात्रै उपभोगमा ल्याउन सर्वसाधारणमा अनुरोधसमेत गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]