• असोज १६, २०७६
  • जुनकिरी खबर

देशभर क्यान्सरको औषधि अभाव

alt

क्यान्सर रोगमा चलाइने अत्यावश्यक औषधि ‘फाइबएफयू’ देशभर अभाव देखिएको छ । बिरामीका आफन्त अहिले सीमावर्ती भारतीय बजारसम्म पुगेर औषधि किन्न बाध्य छन् । भारतलगायत तेस्रो मुलुकबाट ल्याइँदै गरेको औषधि पछिल्ला दिन आएको छैन । 

बिरामीले थप दु:ख नपाउन् भनेर अहिले वैकल्पिक औषधि चलाइरहेको वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले बताए । ‘सीस्प्लाटिनजस्ता वैकल्पिक औषधि छन् तर यी महँगा र कम प्रभावकारी छन्,’ उनले भने । दैनिक २ देखि ३ पटक चाहिने भएकाले गरिब बिरामीले वैकल्पिक औषधिको खर्च धान्न नसक्ने उनले बताए ।

क्यान्सर रोग उपचारमा अत्यावश्यक औषधि ‘इटोपोसाइड’ र ‘भिन्क्रिस्टिइन’ पनि बजारमा छैनन् । डा. आचार्यका अनुसार यी औषधि बजारमा उपलब्ध अन्य औषधिको तुलनामा सस्तो र बढी प्रभावकारी हुन्छन् । क्यान्सरका औषधि यसअघि पनि अभाव हुने गरेको थियो । वीर अस्पतालले स्टकमा राखिएको औषधि बिरामीलाई नि:शुल्क दिँदै आएको थियो । मृगेन्द्र–सम्झना चिकित्सा गुठी, डा.ताराबहादुर खत्री ट्रस्टले उपलब्ध गराउने वार्षिक एक लाखसम्मको औषधिले पनि अभाव टार्न सहयोग गर्थ्यो । बजारमा औषधि नपाउँदा बाहिर जँचाइरहेका बिरामीसमेत वीरमा जान्थे । अहिले वीरकै बिरामीलाई औषधि पुगेको छैन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]