• असोज १७, २०७६
  • जुनकिरी खबर

सप्तकोशी नदीमा हाम्फालेर आत्महत्या

alt

निजामती कर्मचारीले सप्तकोशी नदीमा हाम्फालेर आत्महत्या गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरमा कार्यरत नापी सर्भेयर राजेशकुमार साहले हाम्फालेर आत्महत्या गरेका हुन् ।

साहले आत्महत्या गर्नुको कारण आफ्ना दुई साझेेदार भएको सुसाइट नोटमा उल्लेख गरेका छन् ।

बुधबार कार्यालय नआएका साहले साँझ कोशी नदीमा हाम्फालेर आत्महत्या गरेका थिए । कोशी पुलमा उनको को २२ प ६९६५ नम्बरको मोटरसाइकलमा परिचय पत्रसँगै सुसाइड नोट भेटिएको छ ।

एकलाइनको सुसाइट नोटमा आफ्ना साझेदारका कारण आत्महत्या गरेको लेखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए । नोटमा साझेदार साथीको नाम भने उल्लेख नभएको उनले बताए ।

सुनसरी इनरुवा स्थायी घर भएका साहले तीन जनासँग मिलेर इनरुवामा प्लाइउड फ्याक्ट्री चलाएको पाइएको छ । व्यावसायमा खटपट आएको हुनसक्न आशंका छ ।

तर मृतकका आफन्तले भने शुक्रबारसम्म अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएका छैनन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]