• असोज १९, २०७६
  • जुनकिरी खबर

प्रदेश १ का भीआइपीको दशैं : मुख्यमन्त्री भोजपुर जाने

alt

दशैंको रौनकले छोपिसकेको छ । घर बाहिर भएकाहरु दशैं मनाउन घर फर्किएका छन् । दशैंको रौनकले प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि छोएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दशैं मनाउन घर (भोजपुर) जाने तयारीमा छन् । भोजपुरमा मुख्यमन्त्री राईका बुबाआमा छन् । दशैंमा मुख्यमन्त्री राईले ससुराली जानुपर्ने छैन, किनभने उनले विवाह नै गरेका छैनन् ।

टीका थाप्नका लागि मौसम अनुकुल भए भोजपुर जाने मुख्यमन्त्री राईले अनलाइनखबरलाई बताए । पहाडी क्षेत्रको बाटो पानी पर्दा हिलाम्मे हुन्छन् । मौसम खुले घर जाने योजना रहेको बताउँदै राईले सार्वजनिक पद धारण गरेपछि परिवारसँग बसेर चाडबाड मनाउने समय नपाएको बताए ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले दशैंमा टीका लगाउन छाडेको ७/८ वर्ष भयो । बुबाको निधनपछि टीका लगाउन छाडेको उनी बताउँछन् । सामाजिक हिसाबले आफन्त भेटघाट, खानपानमा दशैं बित्ने उनले बताए । तर, कसैले लाइदिन्छौ भन्दा टीका लगाउने आङ्बोले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की दशैंमा चार दिन बिदा बस्ने योजना बनाएको बताउँछन् । मन्त्री कार्की दशैंमा केही दिन बिराटनगर केही दिन झापा घरमा बस्ने कार्यक्रम बनाएको बताउँछन् ।

मन्त्री कार्कीका आमा र आफन्त झापामा छन् । दशैंमा खुसी साट्ने र नयाँ जोशका साथ काममा फर्कने योजना बनाएको कार्की बताउँछन् । दशैंमा गाउँघरमा छुट्टै रौनक हुने बताउँदै उनले साथीभाइहरुसँग भेटघाटमा व्यस्त हुने बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे दशैंमा परिवारलाई दिने समय नै कम हुने बताउँछन् । उनी दशैं भनेर दशमीको दिन छुटटी बस्ने गरेको बताउँछन् । दशैंको टीकाअघि र पछि दशैंमा शुभकामना आदान-प्रदान र भेटघाट कार्यक्रममा बित्ने बताउँछन् ।

उद्योग वन पर्यटन तथा बातावरण मन्त्री जगदीश कुसियैत दशैं सामान्य रुपमा बित्ने गरेको बताउँछन् । दशैंमा आफन्त कार्यकर्ता भेटघाटमा समय बित्ने गरेको उनी बताउँछन् । २५ वर्षयता एकै शैलीमा दशैं मनाउँदै आएको कुसियतले बताए ।

त्यसैगरी प्रदेश १ का प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ दशैं सामान्य रुपमा मनाउने बताउँछन् । आफन्तलाई टीका लगाएपछि धनकुटा ससुराली जाने योजना रहेको उनले बताए । तुम्बाहाङले टीकापछिको दुई दिन दशैंका रुपमा नमनाउने बताए । आमाको तिथि परेका कारण एकादशी र द्वादशीमा दशैं नमनाउने प्रदेश प्रमुख तुम्बाहाङले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]