• असोज २५, २०७६
  • जुनकिरी खबर

चिनियाँ राष्ट्रपति सी आज आउने, दर्जन सम्झौता तयार

alt

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मुख्यालय काठमाडौंमा रहेका कारण नेपाललाई दक्षिण एसियाकै राजधानी मान्ने गरिएको छ। नेपाल सार्कको अध्यक्षसमेत हो। चीन सार्कको पर्यवेक्षक मुलुक हो। चीनले सार्कमा आफ्नो भूमिका खोज्दै आएको छ।

सीले दुईपक्षीयबाहेक बहुपक्षीय र क्षेत्रीय विषयमा मोमल्लीपुरम र काठमाडौंमा छलफल गर्नेछन्। नेपालमा हुने भेटमा उनले त्रिदेशीय सहकार्यको विषयमा पनि जोड दिने बताइएको छ। त्यो विषयमा नेपालले पनि आफूलाई सन्तुलित रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।

सार्कका प्रभावशाली नेताको रूपमा रहेका नरेन्द्र मोदीसँग मोमल्लीपुर उहान–२ वार्ता गरी उनी सार्क अध्यक्षसमेत रहेको मुलुक आउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ।

उहान–१ मा चीन–भारतबीच प्लस वानको भूमिकामा नेपालको नाम आएको थियो। उनको राजनीतिक भ्रमणलाई दुईपक्षीय रूपमा मात्र लिन नहुने विज्ञको सुझाव छ। कूटनीतिक क्षेत्रका जानकारले नेपाली नेतालाई राष्ट्रपति सीको नेपाल भ्रमणलाई अर्थपूर्ण र महत्त्वपूर्ण रूपमा लिँदै सावधानीपूर्वक वार्तामा प्रस्तुत हुन सुझाएका छन्। सरकारले दुईपक्षीय सहकार्यका एजेन्डा तयारी गरेको बताए पनि पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीसँग बिहीबार मात्रै छलफल गरी औपचारिक धारणा बुझेको छ।

चीन मामिलामा राजनीतिक नेतृत्त्वबीच मत बाझिएको अवस्थामा सरकार निकै सचेत भएर वार्तामा प्रस्तुत हुनुपर्ने सुझाव विज्ञले दिएका छन्। हिमालपारिको छिमेकबाट २३ वर्षपछि उच्चस्तरको भ्रमण हुन लागेको हो। उच्चस्तरीय भ्रमणलाई नेपालले राजनीतिक, आर्थिक तहबाट फलदायी बनाउने हैसियतमा आफ्ना धारणा प्रस्तुत गर्न सक्नु पर्ने सुझाव आइरहेको छ। सी भ्रमणलाई नेपालले निकै प्राथमिकतामा दिएको छ।

सीको विचारधारामा चीन अघि बढिरहेको छ। माओ र तङ स्याओ पिङ पछि अर्का प्रमुख नेताको रूपमा दरिएका सीले विश्व नेतृŒवको महत्त्वकांक्षा प्रस्तुत गरिरहेका छन्।

एकदिने भ्रमणको तयारीमा रहेका सी नेपालको आग्रहलाई स्वीकार गर्दै दुईदिने बनाउनुलाई उनले नेपालप्रति देखाएको चासोलाई झल्काएको छ। नेपाल चीनको विवादरहित छिमेक हो। नेपालले आफ्नो भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन दिँदैन भन्ने सन्देश खम्पा विद्रोह दमन गर्दा नै देखाएको हो।

यो विश्वासमा अडेको चीनसँगको सम्बन्धलाई अझ कसिलो बनाउने गरी आर्थिक सहकार्यमा नेपाल अग्रसर हुनु आवश्यक छ। सीको भ्रमणलाई सर्वसाधारणले पनि चासो देखाएका छन्।

सम्बन्धित समाचारहरु
सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

दुहबी–१० मा टहरा हटा ...

दुहबी नगरपालिका–१० मा ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्म ...

इटहरी गोल्डकपको उपाध ...

६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज मोरङ ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]